नेपाल–म्यानमार भिड्दै, कसले मार्ला बाजी ?

चैत २०, २०७५

काठमाडौं- ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा नेपालले बुधवार म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार साँझ ५ बजे शुरू हुनेछ । खेलअघि आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक हरि खड्काले म्यानमारसँग जीत वा बराबरीको नतिजाको लागि खेल्ने बताए । 

ओलम्पिक छनोटको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो । पहिलो पटक म्यानमारसँग भिडेको नेपालले खेलको शुरूआतमै सावित्रा भण्डारीको गोलमार्फत अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो । त्यसपछिका दुई खेलमा भने नेपाल म्यानमारसँग पराजित भएको थियो ।


ADVERTISEMENT

फिफा बरियतामा नेपाल १०३ स्थानमा छ । म्यानमार ४४ स्थानमा छ । नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग यही चैत २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग यही चैत २६ गते खेल्नेछ । म्यानमारमा गत कात्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यानमार, बंगलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।

चैत २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार