×

NMB BANK
NIC ASIA

पुराना रोमान्टिक फिल्मको झल्को दिने ‘लभ स्टेशन’ [समीक्षा]

चैत २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौ- परिवारको कुनै सदस्यसँगको बिछोड, बीचमा नायक–नायिकाको प्रेम अनि अन्त्यमा पुनः बिछोडिएका सँगको मिलन । केही वर्ष अघिसम्म हामीले यस्ता कथामा निर्मित थुप्रै नेपाली फिल्म हेरिसकेका छौं ।  
तर हालैका वर्षमा चाहिँ यस्ता कथामा विरलै फिल्म बनेका होलान् । 

Sagarmatha Cement
Muktinath Bank

शुक्रवार अर्थात् आजबाट प्रदर्शनमा आएको फिल्म ‘लभ स्टेशन’ भने पुराना रोमान्टिक फिल्मका जस्तै कथामा बनाइएको छ । यो फिल्म हेरेपछि  दर्शकलाई पुराना रोमान्टिक फिल्मको झल्को आउनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्मभित्र पारिवारिक बिछोड अनि मिलनको कथा त छ नै । निर्देशक उज्ज्वल घिमिरेले इलाम र दार्जीलिङको पृष्ठभूमिमा प्रेमकथा, गीतसंगीत, द्वन्द्व लगायतका पाटोलाई रोमाञ्चक ढंगले पस्केका छन् । 


Advertisment
Nabil box
Kumari

फिल्मको पोस्टर र ट्रेलर हेर्दा लाग्न सक्छ, ‘लभ स्टेशन’ प्रेमजोडीको कथा हो । 

Vianet communication
Laxmi Bank

तर यो त आमाबुवा र छोरीबीचको कथा हो । कथाभित्र प्रेम, रोमान्स, हाँसो, रोदन र द्वन्द्वका सबै मसला प्रयोग गरिएको छ ।

रानी (जसिता गुरुङ) फिल्मको केन्द्रीय भूमिकामा छिन् । 

इलाममा जन्मिएकी उनी बच्चैमा अपहरणमा पर्छिन् र दार्जिलिङ पुर्याइन्छिन् । 

उदय (रमेश बुढाथोकी)ले बालिकाको अपहरण गर्न लगाएका हुन्छन् । बालिका हुर्कंदै, बढ्दै जान्छिन् र जवान हुन्छिन् । उनको नजरमा उदय नै बुवा हुन्छन् । उदय छोरी रानीको बिहे आफ्नै बिजनेस पार्टनर अर्जुन (प्रकाश शाह)सँग गराइदिने सुरसारमा हुन्छन् । रानी अर्जुनसँग नजिकिएकी पनि हुन्छिन् । तर अर्जुनको चरित्रलाई लिएर सन्तुष्ट भने हुँदिनन् । त्यसैक्रममा ‘इन्ट्री’ हुन्छ, सागर (प्रदीप खड्का)को । उनी दार्जिलिङमा रहेको ‘लभ स्टेशन’ नामको एक रेस्टुरेन्टमा  गीत गाउने गर्छन् । 

खासमा सागर एक उद्देश्यले दार्जिलिङमा बसिरहेका हुन्छन् ।  

रानी सागरसँग क्रमश नजिकिँदै जान्छिन् । तर उनीहरूबबीच बढ्दै गएको निकटतामा अर्जुन तगारो बन्छन् । 

दार्जीलिङका उदयले किन इलामबाट अबोध बालिकाको अपहरण गरेका हुन् ? अर्जुनको तगारोका बीच रानी र सागरको सम्बन्ध कसरी अगाडि बढ्छ ? अनि सागरको उद्देश्य पूरा हुन्छ/हुँदैन? रानीको आफ्ना बुवा–आमासँग मिलन हुन्छ/हुँदैन ? पूरा फिल्म हेरेपछि मात्र यी प्रश्नहरूको जवाफ पाइन्छ । 

मध्यान्तरसम्म फिल्म आफ्नो लयमा बगेको छ । मध्यान्तरपछिका केही दृश्यहरू काँटछाँट गरेको भए फिल्म अझै राम्रो बन्थ्यो । 

कथामा आउने केही ट्विस्ट एवं मोडहरूले भने दर्शकमा कौतुहल ल्याउँछन् । 

फिल्ममा समावेश गरिएका गीतसंगीत आकर्षक छन् । इलाम र दार्जीलिङको लोकेसन फिल्मको अर्को आकर्षक पक्ष हो । तर सिनेम्याटोग्राफी औसत छ । 

फिल्ममा प्रदीप र जसितादेखि भिलेनको भूमिकामा देखिएका अर्जुन (प्रकाश शाह), ममता (प्रिया रिजाल), रानी अर्थात् जसिताका बुवाआमाको भूमिकामा देखिएका हरिकृष्ण (रवि डंगोल) र राधा (सिरु विष्ट) अनि प्रहरीको भूमिकामा देखिएका ज्योति काफ्लेले पनि आफ्नो भूमिका राम्रैसँग निर्वाह गरेका छन् । तर पुराना निर्देशक उज्ज्वल र अहिलेको युवा पुस्तामाझ लोकप्रिय अभिनेता प्रदीपबाट दर्शकले यसभन्दा उत्कृष्ट फिल्मको अपेक्षा गरेका हुन्छन् । 

युवापुस्ता उनीबाट पुरानो ढर्राको कथा नभई नौलो किसिमको कथामा अभिनय गरेको हेर्न चाहन्छन् । त्यसैले प्रदीपबाट नवीनता खोज्ने दर्शक भने फिल्मबाट केही निराश हुनसक्छन् । 

तर समग्रतामा हेर्दा पारिवारिक प्रेमकथामा एउटा औसत फिल्म बनेको भन्नुपर्छ । फिल्म हेरिरहँदा दर्शकले केही वर्षपहिले हेरेका फिल्मको झल्को पाउनेछन् । फिल्म एकपटक हेर्नका लागि सिफारिश गर्न सकिन्छ ।
फिल्म : लभ स्टेशन
कलाकार : प्रदीप खड्का, जसिता गुरुङ, रमेश बूढाथोकी, अर्जुन शाह लगायत
निर्देशक : उज्ज्वल घिमिरे
विधा : पारिवारिक प्रेमकथा
फिल्म अवधि : २ घन्टा
रेटिङ : ५ मा २.५

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x