×

NMB BANK
NIC ASIA

स्वरोजगार महिला

महिलाको अनुभव : विदेशभन्दा स्वदेशको उद्यम नै राम्रो

चैत २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – रुपन्देहीको सैनामैना नगरपालिका–९ चंखीपुरकी दुर्गा पाण्डे एकल महिला हुन् । उनका पति १२ वर्षदेखि सम्पर्कमा छैनन् ।

Muktinath Bank

बुवाआमासहित दृष्टिविहीन भाइबहिनी पाल्ने जिम्मेवारी उनको काँधमा छ । उनीहरूको हातमुख जोर्ने कसरी ? पाण्डे वैदेशिक रोजगारको खोजीमा थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर विपन्नताले वैदेशिक रोजगारीमा जाने रकम जुटाउन सकिनन् । यही समयमा वैदेशिक रोजगार सूचना केन्द्रमा पुगिन् । स्वदेशमै के गर्न सकिन्छ सोधिखोजी गरिन् ।


Advertisment
Nabil box
Kumari

सूचना केन्द्रले कार्यमा स्वतन्त्रता परियोजना चलाएका आईएलओ र एबीसी नेपालसित भेट गरायो । संस्थाले १० हजार रुपैयाँ सहयोग गर्यो । त्यसबाट केही कुखुरा किनिन् । तिनै कुखुरा पालेर दुर्गाले अहिले ५ जनाको परिवार पालेकी छन् ।

Vianet communication
Laxmi Bank

रोजगारीमा जाँदैमा राम्रो आम्दानी हुन्छ भन्ने छैन । उता जाँदा लाग्ने खर्च र त्यो समयमा आफूले स्वदेशमै गर्ने आम्दानी जोड्दा उताभन्दा यतै पनि फाइदा हुनसक्छ । सीप नसिकी वैदेशिक रोजगारीमा जाने धेरैको आम्दानी र खर्च तुलना गर्दा घाटा लाग्ने सरोकारवाला बताउँछन् । वैदेशिक रोजगारमा उसले लगाउने रकम, उता जत्तिकै मेहनत गर्दा यता कमाउने रकम र उसको अनुपस्थितिमा घरमा हुने अभाव जोड्दा यस्तो हुन्छ ।

सरोकारवालाले वैदेशिक रोजगारीमा जाँदा हुने नाफाघाटा सिकाउन थालेपछि अहिले रुपन्देहीका धेरै महिला वैदेशिक रोजगारीको यात्रा रोकेका छन् । कतिपय वैदेशिक रोजगारीमा जाँदा हुने झण्झटबाट दिक्क भएर यतै काम गरेका छन् । जाने जाने क्रममा थुप्रै समस्या झेलेकी देवदह–५ प्रगतिटोलकी पवित्रा विकको चिया पसल त्यसको उदाहरण हो । यसै त विपन्न त्यसैमाथि विदेश जाने चक्करमा एकल महिलाले जायजेथा गुमाइन् ।

उनलाई आईएलओ र एबीसी नेपालको काममा स्वतन्त्रता परियोजनाले १० हजार रुपैयाँ सहयोग गर्यो । त्यहीँ रकमबाट ३ वर्षअघि चिया पसल खोलेकी थिइन् । चियापसल खाजा र किराना पसलमा समेत रुपान्तरण भएको छ ।

उनको दैनिक १ हजारदेखि १५ सय रुपैयाँ आम्दानी हुन्छ । यसकै कमाइबाट छोरीलाई बोर्डिङ स्कूल पढाएकी छिन् । ऋण तिरेर सिध्याइन् । ‘अबको कमाइले ठूलो होटल बनाउने सोच छ,’ पवित्राले भनिन् ।
वैदेशिक रोजगारबाट पठाएको रकममध्ये अधिकांश रकम अनुत्पादक तथा अतिरिक्त काममा खर्च हुने गरेको छ । त्यसलाई समेत जोड्दा अधिकांशको वैदेशिक रोजगार घाटामा हुने सरोकारवालाको दाबी छ ।

यसो हुन नदिन आम्दानी र खर्चको तुलना गरेर मात्र वैदेशिक रोजगारीमा जान सुझाव दिएका छन् । श्रम कार्यालयका नायव सुब्बा रोमलाल पुरीले आफू विदेश गएर त्यहाँ हुने आम्दानी र घरमा नहुँदा यहाँ हुने घाटाको तुलना गरेर फाइदा हुने भए मात्र विदेश जान सुझाव दिएका छन् ।

सुझाव अनुसार वैदेशिक रोजगारीबाट फर्केका रुपन्देहीका धेरै महिलाले अहिले घरमै उद्यम थालेका छन् । कसैले व्यापार व्यवसाय थालेका छन् । धेरैले व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन, ठेलामा व्यापार, खुद्रा पसल, होटल तथा नास्ता पसल लगायतमा संलग्न छन् । उनीहरू विदेशमा पाएको दुःखले मेहनत गर्न सिकेको बताउँछन् । विदेशबाट फर्केका महिला समेत वैदेशिक रोजगारीमा जाने भन्दैमा नाफा घाटाको तुलना नगरी र कुनै पनि सीप नसिकी वैदेशिक रोजगारीमा जाँदा समस्या बढेकाले यस्तो सुझाव दिन्छन् । 

‘वैदेशिक रोजगारीमा जाँदाको फाइदा तथा घाटा र आफू जाने स्थान तथा आफूले गर्नुपर्ने कामबारे बुझेर मात्र गए मात्र वैदेशिक रोजगारीको अर्थ रहन्छ । नत्र समस्या मात्रै थोपरिन्छ,’ वैदेशिक रोजगार केन्द्रकी जानकी अर्यालले भनिन्, ‘त्यसैले नबुझी विदेश नजाऔं ।’

आफू जाने देशको भौगोलिक स्थिति, हावापानी, रहनसहन, धर्म कानूनबारे सामान्य जानकारी लिन अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्ने उनले बताइन् ।

नबुझी जाँदा ठग्ने ठगिने र सामाजिक संस्कार विचलनका थुप्रै नराम्रा घटना बढेकाले पनि वैदेशिक रोजगारीबाट फर्केका महिलाहरू नै यसलाई रोक्न लागेको जानकीले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x