×

NMB BANK
NIC ASIA

रोजगारीका लागि भारत गएका १६५ युवा बेपत्ता !

चैत २९, २०७५

NTC
Sarbottam
प्रतीकात्मक तस्वीर
Premier Steels
Marvel

डोटी –मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो ।

Muktinath Bank

उक्त संस्थाले ती जिल्लामा गरेको सर्वेक्षणबाट मजदूरीका लागि भारत गएकामध्ये यति ठूलो सङ्ख्यामा मानिस हराएको तथ्याङ्क सार्वजनिक गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निड्स नेपालले सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजना कार्यक्रमअन्तर्गत ती जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा पुगेर बेपत्ता भएकाको तथ्याङ्क सङ्कलन गरिएको निड्स नेपालका डोटी प्रमुख प्रकाश मडैले बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, “यो त तीन जिल्लाको मात्रै तथ्याङ्क हो, अन्य सात जिल्लाको सङ्कलन गर्ने हो भने हजारौंँ बेपत्ता भएका हुन सक्छन् ।”

Vianet communication
Laxmi Bank

हराएकाको खोजीका लागि स्थानीय प्रशासनमा उजूरी नपर्दा पनि यकिन तथ्याङ्क सङ्कलनमा समस्या भएको प्रमुख मडैले बताए ।

रोजगारीका लागि स्थानीयवासी बर्सेनि भारत जाने तथा त्यहीँबाट फर्केर नआउने गरेका कारण बेपत्ता हुनेहरू बढ्न थालेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले रोजगारीमा गएर भारतमै बेपत्ता भएकाको बारेमा यकिन विवरण बुझ्ने काम भइरहेको बताए ।

“निड्स नेपालले १६५ जना बेपत्ता भए भनेर सार्वजनिक गरेपछि, खास कुरो के हो भनेर हामीले पनि आफ्ना तर्फबाट बुझने काम गरेका छौँ”, उनले भने, “बेपत्ता भएकाको कारण र विवरण बुझेर खोजीमा लाग्नेछौँ ।”

कामका लागि भारत गई बेपत्ता भएको लामो समय हुँदा समेत कुनै खबर नआउँदा उनीहरुका घरपरिवार दिनहुँ चिन्तित बन्न थालेको शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताए । उनले भने, “मेरै वडाबाट पनि केही व्यक्ति लामो समयदेखि परिवारको सम्पर्कमा छैनन्, उनीहरुका परिवार आउँछन्, खोजी गर्न आग्रह गर्छन्, खोजी गर्नसकेका छैनौँ ।” 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले भारतमा कामका लागि गएर बेपत्ता भएकाका घरपरिवारले खोजी गर्नका लागि निवेदन दिने गरेको बताए ।

प्रहरी नायब उपरीक्षक धामीले भने- “बेपत्ता भएकाको खोजीका लागि निवेदन त पर्ने गरेको छ तर भारतको कुन ठाउँबाट बेपत्ता भए सो कुराको जानकारी नहुँदा खोजीका लागि अप्ठेरो हुने गरेको छ ।” 

भारतमा बेपत्ता भएको वर्षौं बितिसक्दा समेत कुनै खबर नआउँदा यहाँका कतिपयले ती आउने कुरामा आश मारिसकेको जोरायल गाउँपालिका–५ की  ठग्गा विष्टले बताए ।

उनले भने- “मेरा श्रीमान् बेपत्ता भएको ३० वर्ष भइसक्यो, अब फर्केर आउलान् भनेर सपनामा पनि सोचेकी छैन ।”

भारतका गएकाहरु कहाँ के भएर बेपत्ता हुन्छन् भन्ने कुरा कुनै पनि परिवार र संस्थासँग आधिकारिक जानकारी नहुँदा पनि खोजीमा समस्या हुने गरेको यहाँको प्रहरी प्रशासनले बताउँदै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x