×

NMB BANK
NIC ASIA

पोखरा- पोखरामा १६ औं फेवा नववर्ष महोत्सव शुरू भएको छ । शुक्रवार फेवातालको किनारास्थित कोमागाने पार्कमा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

Sagarmatha Cement
Muktinath Bank

कार्यक्रममा मुख्यमन्त्री गुरुङले पोखरालाई महोत्सवको शहर बनाउन आवश्यक रहेको बताए । 'पोखरालाइ महोत्सवको शहर बनाएर धेरै भन्दा धेरै पर्यटक भित्राउन आवश्यक छ,' उनले भने, 'आन्तरिक तथा बाह्य पर्यटक भित्राउने एउटा विकल्प महोत्सव पनि हो ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री गुरुङले पोखरामा ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्न आवश्यक रहेको बताए । प्राकृतिक र सांस्कृतिक रूपमा धनी पोखरालाई स्वर्गजस्तो शहर बनाउन जरुरी भएको उनको भनाई थियो ।


Advertisment
Nabil box
Kumari

'जीवनमा एक पटक पोखरा पुग्नै पर्छ भन्ने वातावरण बनाउन आवश्यक छ,' उनले भने, 'समग्र प्रदेशको समृद्धिको आधार पर्यटनलाई मानेर प्रदेश सरकारले आफ्ना गतिविधिहरु अगाडि बढाइरहेको छ।'

Vianet communication
Laxmi Bank

उनले पोखरामा एक हजारभन्दा बढी अट्न सक्ने ठूलो क्षमताको सभाकक्ष आवश्यक रहेको बताउँदै यस क्षेत्रमा धेरै शैय्या भएको ठूलो अस्पतालको समेत आवश्यकता औंल्याए ।

मुख्यमन्त्री गुरुङले प्रदेशको समृद्धिका आधारको रुपमा रहेको पोखरा कोरला नाका, पचभैयामा चिडियाखाना निर्माण र पोखरामा दुई बसपार्क निर्माण दुईवर्षभित्र सम्पन्न गर्ने योजनामा प्रदेश सरकार लागेको बताए ।

फेवा तालको संरक्षणका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरिसकेको बताउँदै उनले दुई वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने दाबी गरे ।

गण्डकी प्रदेशका सभासद राजीव पहारीले फेवा ताल लगायतका तालको संरक्षणप्रति आफ्नो विशेष चासो रहेको बताए । उनले लेकसाइड मात्र पर्यटकीय क्षेत्र नभएको बताउँदै समग्र गण्डकी प्रदेश नै पर्यटकीय क्षेत्र भएको दाबी गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले पोखरा काठमाडौं जोड्ने पृथ्वी राजमार्गलाई ४ लेनको बनाउन जरुरी रहेको बताए ।

महोत्सव उद्घाटनका अवसरमा ३६ समुहले झाँकी प्रतियोगितामा सहभागिता जनाएका थिए । महोत्सवमा गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता पनि आयोजना गरिने छ ।

नेपाली संस्कृतिको संरक्षण गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउन आयोजित महोत्सवमा पर्यटक दौड, बाल उद्यान र पप कन्सर्ट जस्ता आकर्षण पनि समेटिएका छन् । महोत्सवमा विविध नेपाली खानाको बिक्री र प्रदर्शनी समेत गरिने आयोजकले जनाएको छ । 

महोत्सव संचालन गर्न संघका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा विभिन्न २९ उपसमितिहरु गठन गरिएको छ । महोत्सव सम्पन्न गर्न ६५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

संघ आबद्ध होटलको मेन्युमा १५ प्रतिशत छुट

महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलको मेन्युमा १५ प्रतिशत छुट प्रदान गरिएको पराजुलीले जानकारी दिए । महोत्सवका बेला ग्राहकलाई कुनै व्यवसायीले ठगी गरे त्यस्ता व्यवसायीका बारेमा जानकारी दिन आग्रह गरे । उनले होटलको अकुपेन्सी दर न्यून रहेको भन्दै चैत ३० गते रातिका लागि भने कोठाहरु अधिकांश बुक भएको जानकारी दिए ।

नेपाल भ्रमण वर्षको ओपनिङ शनिबार

नेपाल भ्रमण बर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले फेवा महोत्सव आयोजना स्थलमा चैत ३० गते भ्रमण वर्षको 'सफ्ट ओपनिङ' गरिने जानकारी दिए । स्थानीय विभिन्न संघसंस्थासँग मिलेर कार्यक्रमलाई भव्य बनाउन समन्वय भइहेको उनले बताए ।

बोर्डको गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले भ्रमण वर्ष कार्यक्रम घोषणाको अन्तिम तयारी सकिएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x