×

NMB BANK
NIC ASIA

पोखरा-पर्यटकीय नगरी पोखरामा नेपाल भ्रमण वर्ष–२०२० उद्घाटन गरिएको छ ।

Muktinath Bank

शनिवार साँझ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमण वर्षको औपचारिक उद्घाटन गरेका हुन् । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित भ्रमण वर्ष शुरू भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुका प्रचुरमात्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र आर्थिक समृद्धि हासिल गर्ने योजनामा सरकार रहेको छ । सोही योजना अनुसार पर्यटक प्रवर्द्धन गर्न संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आयोजनामा पोखरामा 'सफ्ट लञ्चिङ' गरिएको हो ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले समृद्धिको आधार पर्यटनलाई मानर आफ्ना गतिविधि अगाडि बढाइरहेको बताए । उनले पर्यटकको बसाइ बढाउन गण्डकी प्रदेशले २ सय ३२ वटा होमस्टे सञ्चालमा ल्याइसकेको बताए । 

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री गुरुङले पर्यटनले नै देश विकास गर्ने भन्दै गण्डकी प्रदेशमा भातरबाट धार्मिक पर्यटक ल्यान सकिने बताए । भ्रमण वर्ष पोखराको फेवा किनारबाट शुरु गरिनुले पोखरालाई पर्यटनको राजधानीको मान्यता दिएको उनले बताए । 

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये ४० प्रतिशत पर्यटक पोखरा आउने गरेको बताउँदै उनले भने, ‘यो पोखराको लागि चुनौती र अवसर पनि हो, नेपालमा २० लाख पर्यटक आउँदा पोखराले ८ लाख पर्यटक भित्र्याउनुपर्छ ।’

गण्डकी प्रदेशले केन्द्र सरकारको योजना साकार पार्न सक्दो सहयोग मुख्यमन्त्री गुरुङले बताए । प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका साथै प्रदेशको गरीबी निवारण, स्वरोजगार, उत्पादन र उत्पादकत्व बढाउनको लागि पर्यटनले भूमिका खेल्ने बताए । ‘प्रदेश सरकारले ५ वर्षभित्र ३० हजारलाई ग्रामीण क्षेत्रमा रोजगार दिने भनेका छौं,' उनले भने, ‘त्यसको लागि प्रदेश सरकारले अहिले २३२ वटा होमस्टे पनि सञ्चालनमा ल्याएको छ ।’

होमस्टेलाई प्रदेश सरकारले कृषि, बजार र अन्तर्राष्ट्रिय बजारसँग जोडेका उनले बताए । 'हामीले आन्तरिक पर्यटन वर्ष पनि घोषणा गरेका छौं, यसको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्छ,’ उनले भने, ‘२०२० मा छिमेकी भ्रमण वर्ष र सन् २०२२ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि सहजै २० लाख पर्यटक भित्र्याउने छौं ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पर्यटकको बसाइ अवधि लम्बाउने गरी आवश्यक पर्यटकीय पूर्वाधारमा निर्माणमा जोड दिए ।उनले सडक तथा हवाई यातायातमा सुविधा थप गरिने भन्दै ३ तहको सरकार मिल्यो भने २० लाख पर्यटक भित्राउन कठिन नरहेको बताए । 

नेपाल भ्रमण वर्ष–२०२० संयोजक सुरज वैद्यले नेपालमा धेरै भन्दा धेरै पर्यटक ल्याउन काठमाडौं विमानस्थललाई दशैंसम्म सुधार गरिने बताए ।

नेपाल पर्यटन वर्ष २०११ का संयोजक सुरेन्द्र शाक्यले राजनीतिक अस्थिरताबीच पनि यस अवधिमा ५ लाख पर्यटक भित्र्याएको स्मरण गरे । उनले हाल राजनीतिक समस्या समाधान भएकोले लक्ष्य प्राप्तिमा गर्न सफल भइने बताए । 

नेपाल भ्रमण वर्ष–२०२० का राष्ट्रिय कार्यसम्पादन समिति सदस्य विप्लव पौडेलले अघिल्लो वर्ष ११ लाख बढी पर्यटक आएकोमा यो संख्या दोब्बर पार्ने लक्ष्यसहित सरकारले पर्यटन वर्ष मनाउन लागेको बताए । 

नेपाल भ्रमण वर्ष सफल बनाउन चालु आर्थिक वर्षको बाँकी ३ महिना (वैशाख–असार)का लागि अहिले खर्च गर्न मिल्ने गरी १० करोड रुपैयाँ पनि सरकारले दिएको छ । यो रकमले तीन महिना अवधिमा प्रवर्द्धनका कामदेखि केही पूर्वाधार बनाउन समेत खर्च गरिने छ ।

नेपालमा भित्रिने पर्यटकलाई आवश्यक जानकारी दिन नेपाल र भारतका सीमा नाकासहित सातवटा ठाउँमा ‘नमस्ते सेन्टर’ बनाउने तयारी सरकारले थालेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x