×

NMB BANK
NIC ASIA

प्रेम सञ्जेललाई अख्तियारले पत्र काट्यो, लोकसेवा आयोगका अध्यक्ष असन्तुष्ट

बैशाख ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगलाई पत्र लेखेपछि आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली असन्तुष्ट भएका छन् ।  मुख्यमन्त्री राउतले आयोगलाई लेखेको पत्र हालसम्म त्यहाँ पुग्न सकेको छैन । सिधा उनलाई नै पत्र लेखिएको र मिडियाबाजी भए पछि उनको चित्त दुखेको हो ।

Muktinath Bank

‘प्रदेश सरकारले हामीलाई सिधै पत्र लेख्न उपयुक्त भएन, आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले भने, ‘को मार्फत कसरी आउने हो वा संवाद कसरी गर्ने हो भन्ने कुरा त कम्तिमा मुख्यमन्त्रीज्युले बुझ्नुपर्छ नि ।’ पत्र पत्रिकामा आएकै समाचारको आधारमा र पत्रको फोटो समेत देखेकोले आफूले त्यति कुरा भनेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय सरकारद्वारा माग भई आएपछि लोकसेवा आयोगले भर्ना गर्छ, त्यसको विज्ञापन गर्छ । ‘त्यसैले प्रदेश सरकारले भन्दैमा लोकसेवा आयोगले विज्ञापन रोक्ने कुरा आउदैन,’ आयोगका अध्यक्ष मैनालीले भने, ‘मुख्य मन्त्रीज्यूले मलाई पत्र लेख्ने होइन बरू संघीय सरकारलाई अनुरोध गर्नु पर्यो ।’


Advertisment
Nabil box
Kumari

लोकसेवा आयोग संवैधानिक निकाय हो, न त संघीय सरकार मातहत छ न त प्रदेश सरकार मातहत, त्यसैले कसरी लोकसेवामा आउनु पर्ने हो त्यति पनि नबुझिदिएकोले आफ्नो चित्त दुखेको उनले बताए । 

Vianet communication
Laxmi Bank

चैत्र ३ गते मुख्यमन्त्री राउतले लोक सेवा आयोगलाई पत्र लेखेका थिए । २ नम्बर प्रदेश र स्थानीय तहका लागि आवश्यक कर्मचारीका लागि विज्ञापन नगर्न मुख्यमन्त्री राउतले अनुरोध गरेका थिए ।

प्रेम सञ्जेललाई अख्तियारले पत्र काट्यो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि छानबिन प्रक्रिया अघि बढाएको छ । 

अनियमितताविरुद्ध कडारुपमा प्रस्तुत हुँदै आएका सञ्जेलले भ्रष्टाचार गरेको आशंका गर्दै अख्तियारले तीन दिनभित्र उपस्थित हुन मंगलबार पत्र काटेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।  

निर्वाचन कार्यालय विराटनगरको प्रमुख हुँदा सञ्जेलले आयोगको निर्णय र नियमविपरित आफू कार्यालयमा हाजिर नभएपनि फागुन १७ देखि चैत २३ सम्म प्रोत्साहन भत्ता, खाना र खाजा भत्ता लिएकाले छानबिनका लागि बोलाइएको अख्तियारको पत्रमा उल्लेख छ ।

 प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया अनुमोदित 

संसदीय सुनुवाई विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियालाई अनुमोदन गरेको छ ।

बुधवार संसदीय विशेष समितिमा उपस्थित भएका थपलियाले आफू प्रमुख निर्वाचन आयुक्त भएदेखि ३ महिनाभित्र उपचुनाव गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुनुवाई समितिको विश्वास र गरिमामाथि आँच नआउने गरी काम गर्ने थपलियाले बताएका छन् ।

बुधवारकै संसदीय सुनुवाई विशेष समितिले समावेशी आयोगको प्रमुखमा विष्णुमाया ओझालाई अनुमोदन गरेको छ ।

दरबन्दी टुङ्गो लगाउँदै महानगरपालिका

ललितपुर महानगरपालिकाले यहाँ आवश्यक दरबन्दी टुङ्गो लगाउने भएको छ । पहिले उपमहानगरपालिका हुँदाको दरबन्दी अहिले पर्याप्त नभएकाले दरबन्दीका विषयमा आवश्यक गृहकार्य भइरहेको महानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाबाट महानगरपालिमा स्तरोन्नती हुँदा यहाँ क्षेत्रफल र जनसङ्ख्या दुवै बढेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।  पहिले २२ वडा भएकामा अहिले यहाँ २९ वडा रहेका छन् । 

सङ्घीय सरकारले कर्मचारी समायोजन गरिरहँदा यहाँ ५८ जना कर्मचारी आएको उनले बताए । 

विद्युतीय कारोवार ऐनको दफा खारेज गर्न माग

नेपाल पत्रकार महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै उक्त दफा खारेजीको माग गरेको छ । महाङ्घले विज्ञप्ति जारी गरी पत्रकारलाई विद्युतीय कारोवार ऐन उक्त दफाअन्तर्गत पटकपटक पक्राउ गरी निर्बाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेको भन्दै देशभर सङ्घर्ष गर्नेसमेत जनाएको छ । 

श्री ग्यास उद्योगलाई कारवाही 

नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सञ्चालित गरेको श्री ग्यास उद्योग, धादिङलाई कारवाही गरेको छ । विभागको टोलीले निरीक्षणका क्रममा उक्त ग्यास उद्योगले पुरानो भल्ब मर्मत गरेर प्रयोग गरेको, सेफ्टी क्याप नलगाएको, भल्बको लिक टेस्ट नगरेको, हाइड्रो स्टाटिक टेक्स नगरीकन सिलिण्डरको म्याद थप गरेको भन्दै कारवाहीका लागि सिफारिश गरेको हो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागको मापदण्ड कार्यान्वयन नगरेकाले तत्कालका लागि ग्यास उत्पादनमा रोक लगाएको जानकारी दिए । 

सात सदस्यीय समिति गठन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यातायात समितिलाई कम्पनीमा लैजान गर्नुपर्ने सहजीकरणका लागि यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । 

सरकारले तीन महीनाभित्र देशभरका सबै समितिलाई कम्पनीमा जान निर्देशन दिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक सहजीकरणका लागि महानिर्देशक दाहालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार, गृह मन्त्रालयका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला र उपमहासचिव वसन्त भण्डारी रहेका छन् । 

वरिष्ठ पत्रकार श्रेष्ठको अन्त्येष्टि

बुधबार निधन भएका वरिष्ठ पत्रकार एवं कामना न्यूज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको पशुपति आर्यघाटमा सोही दिन अन्त्येष्टि गरिएको छ । 

पशुपति आर्यघाटमा उनका छोरा दिरेकलाल श्रेष्ठले दागबत्ती दिएका थिए । 

 पशुपति आर्यघाटमा श्रद्धाञ्जलि दिन  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, कलाकार, साहित्यकार, उद्योगी व्यापारी, पत्रकारलगायत पुगेका थिए ।  

संसदीय समितिले संवैधानिक परिषद्का अध्यक्षसँग छलफल गर्ने 

सङ्घीय संसद्, संसदीय सुनुवाई समितिले समितिलाई अझ परिपक्क र जनताप्रति थप उत्तरदायी बनाउन संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको छ ।

संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि सिफारिश गर्दा परिपक्वता, योग्यता र निष्ठाका आधारमा नियुक्ति हुनुपर्नेमा त्यस किसिमको परिपक्क निर्णय नपाएकाले प्रधानमन्त्रीसँग समय लिएर छलफल गर्ने निर्णय भएको बैठकपछि समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया भइरहेको छ : गृहमन्त्री 

गृहमन्त्री रामबहादुर थापाले हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया भइरहेको बताएका छन् ।  गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा उनले हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने उल्लेख गरे । 

संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको बताए ।  गृहमन्त्री थापाले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । 

देशमा चोरी तस्करी, गुण्डागर्दी, हिंसा र अपराध, भ्रष्टाचार, अनियमितता लगायतका गैरकानूनी काम नियन्त्रण गर्न सरकारले विशेष अभियान शुरु गरेको बताउँदै गृहमन्त्री थापाले त्यस कार्यमा सरकार सफल पनि हुँदै गएको र शान्ति सुरक्षामा सुधार आएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x