×

NMB BANK
NIC ASIA

धर्ना दिन गएका पत्रकारहरूलाई सीडीओको जवाफ : 'जे मन लाग्छ त्यही लेख्नुस'

बैशाख ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- विद्युतीय कारोवार ऐनको दफा सच्याउनु पर्ने माग राख्दै सुर्खेतका पत्रकार बिहिवार जिल्ला प्रशासन कार्यालय पुगे । पोखराका पत्रकार अर्जुन गिरीलाई विद्युतीय कारोवार ऐनको दफा आकर्षित गर्दै पक्राउ सिआईवीले पक्राउ गरेको विरोधमा सुर्खेतका पत्रकारहरू जम्मा भएका थिए । त्यही सन्दर्भमा नेपाल पत्रकार महासंघले देशभरी नै आन्दोलनको घोषणा ग¥यो ।

Muktinath Bank

तर जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले पत्रकारहरुलाई प्रशासन प्रवेशमा रोक लगाएको आदेश सर्कुलर गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रशासनमा शान्तिपूर्ण धर्ना दिन आएको महासंघ पदाधिकारीले जानकारी गराउँदा समेत प्रहरी लगाएर निमित्त सिडिओ भट्टराईले पत्रकारलाई प्रवेशमा रोक लगाइन् । निमित्त सिडिओको निरकुंश शैलीविरुद्ध सुर्खेतका पत्रकारहरुले आपत्ति जनाएका छन् । ३० गाडी प्रहरी बोलाएर निमित्त सिडिओ भट्टराईले प्रशासन परिसरमा धर्ना दिन रोक लगाएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले शान्तिपूर्ण आन्दोलनमा सिडिओको व्यवहार गलत भएको टिप्पणी गरे । उनले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी तथा विभिन्न आरोपमा पक्राउ गरिएका पत्रकारको रिहाइको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिदा निमित्त प्रमुख जिल्ला अधिकारीले देखाएको शैलीप्रति आपत्ति जनाए ।

Vianet communication
Laxmi Bank

उनले सरकारले पत्रकारलाई विभिन्न मुद्दाहरु लगाएर दुख दिने नियत राखेकाले तत्काल ऐनको दफा ४७ र ४८ खारेजको माग गरे । विगतदेखि नै नेपालमा स्वतन्त्र पत्रकारिता रहेकाले सरकारले विभिन्न बहानामा पत्रकारलाई दुख दिने संस्कार तत्काल अन्त्य गर्न सेजुवालले आग्रह गरे ।

सरकारले पत्रकारमाथि धरपकड जारी राखे महासंघ मौन नबस्ने चेतावनी सेजुवालले दिए । पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारीले गरेको व्यवहार गलत भएको भन्दै भ्रत्सना गरे । उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरी लगाएर सिडिओ र एसपीले देखाएको शैली निरकुंश भएको उल्लेख गरे ।

थापाले पत्रकारहरु माथीको हमला संविधान विरुद्धको क्रियाकलाप भएको भन्दै प्रेस स्वतन्त्रताको लागि फेरी पनि आन्दोलन गर्न बाध्य नपार्न सरकारलाई चेतावनी दिए । हिजोका अधिकार प्राप्तीमा आन्दोलनको अग्रमोर्चामा रहेको प्रेसलाई बन्देज लगाउन खोज्नु सही नभएको उनको भनाई थियो ।

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकार महासंघको आन्दोलन संविधानको मर्मलाई बचाउनका लागि भएको बताए । उनले संविधानको मर्म विपिरित बनेको ऐनलाई तत्काल खारेज गर्नुपर्ने बताए । राजनैतिक हक र अधिकारको लडाईमा राजनैतिक दलभन्दा जहिले पनि अगाडि लाग्ने र जनतालाई सुसूचित पार्ने पत्रकारहरुलाई विभिन्न बहानामा संविधानको बर्खिलापमा गएर पक्राउ गर्नु र मुद्दा लगाउनु राम्रो नभएको उनको भनाइ थियो छ ।

पत्रकारहरूले प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्न माग गरेका छन् । विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजीको माग गर्नुपर्ने पत्रकारहरुको माग छ । अन्यथा कडा आन्दोलन गर्ने चेतावनी पत्रकारहरूले दिएका छन् । यता जिल्ला प्रशाशन कार्यालय सुर्खेतका निमित्त प्रमुख विनिता भट्टराईले हुकुमी शैलीमा पत्रकारलाई जे मन लाग्छ त्यहि लेख्न आग्रह गरिन् । उनले आफूहरू सबैलाई भित्र पस्न दिन नसक्ने बताउँदै त्यसकालागि जे लेख्न मन छ लेख्न सुझाइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x