भारतीय एक मतदाताले गलत भोट हालेको आवेगमा आफ्नै औँला काटे

बैशाख ६, २०७६

नयाँदिल्ली–भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले झुक्किएर ‘गलत’ पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटेको बताएका छन् ।

उत्तर प्रदेशबाट मतदान गरेका पवन कुमारले उनको समर्थन रहेको एउटा क्षेत्रीय पार्टीलाई आफ्नो मत दिन चाहेको भएपनि विद्युतीय मतदान यन्त्र (भोटिङ मेशिनं मा धेरै नै चुनाव चिन्हहरू देखेर आफू अलमलमा परेको बताएका छन् । 


ADVERTISEMENT

उनले आफ्नो जीवनमा पहिलो पटक मतदान गरेका र आफूले चाहेको दललाई मत नपरेको थाहा पाएपछि निकै दुःखी बनेका उनका दाजु कैलासचन्द्रले बताए । 
मतदानपछि रिसको आवेगमा औँला काटेपछि खिचिएको भिडियो, जुन भारतीय सामाजिक सञ्जालमा छाइरहेको छ, मा पच्चिस बर्षीय पवनकूमारले आफूले दूर्घटनावश सत्ताधारी भारतीय जनता पार्टीलाई मत हाल्न पुगेको बताएका छन् । 

“म हात्ती चुनाव चिन्हमा मतदान गर्न चाहन्थेँ, तर मैले झुक्किएर फूल चिन्हमा मत हालेँ,“ पवन कुमारले यसो भनेको उक्त भिडिओमा सुन्न सकिन्छ । 

बैशाख ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस