आगामी तीन दिनको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षा

बैशाख ६, २०७६

काठमाडौं–शुक्रबार राती देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  यस्तै पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  
 यस्तै शनिबार दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक  बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन र चट्यांग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 
यस्तै  राती देशको पहाडी भेगमा आंशिक बदली र अन्य भूभागमा सामान्यतया सफा रहनेछ। पहाडी भेगका एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यसैगरी आइतबार दिउँसो देशको  पहाडी  भूभागहरुमा आंशिक बदली रहनेछ भने अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग सहित हल्का वर्षाको रहेको पनि महाशाखाले जनाएको छ । 


ADVERTISEMENT

यस्तै आइतबार राती देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहनेछ। 
पश्चिमी पहाडी भेगका एक वा दुई स्थान लगायत  पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 
 

बैशाख ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस