×

NMB BANK
NIC ASIA

मुख्य समाचार

५ हजार कर्मचारीका लागि आवेदन खुलाउने तयारी, विप्लवका मध्यपश्चिम सैन्य विभाग प्रमुख समातिए

बैशाख ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिशमा दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यसैगरी राष्ट्रपतिले सोही संविधानको धारा २५८ को उपधारा (२) अनुसार संवैधानिक परिषद्को सिफारिशमा विष्णुमाया ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा नियुक्त गरेकी छिन् । शुक्रबार नै सोही संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिशमा सर्वोच्च अदालतको न्यायाधीशमा उनले पाँच जनालाई नियुक्त गरेकी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिले धनुषाका प्रकाशकुमार ढुङ्गाना, काठमाडौँका सुष्मलता माथेमा, झापाका कुमार रेग्मी, मोरङका हरिप्रसाद फुयाँल र काठमाडौँका मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपतिको राजकीय चीन भ्रमण

Vianet communication
Laxmi Bank

राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणमा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमण गर्ने भएकी छिन् । 

भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागता जनाउनेछिन् । साथै राष्ट्रपति भण्डारीले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

राष्ट्रपति भण्डारी यही वैशाख १९ गते बिहीबार स्वदेश फर्कने कार्यक्रम छ । 

५ हजार कर्मचारीको लागि आवेदन खोल्ने तयारी

प्रदेश नम्बर २ सरकारले प्रदेश र स्थानीय तहमा रिक्त दरबन्दीमा आफैं कर्मचारी भर्ना गर्ने तयारी थालेको छ । मुख्यमन्त्री लालबाबु राउत स्वयंले यसमा विशेष अग्रसरता देखाएका छन् ।

प्रदेश लोक सेवा आयोग गठन गरी कर्मचारी भर्ना गर्ने तयारीमा रहेका मुख्यमन्त्री राउतले यही वैशाख ३ गते लोक सेवा आयोगका अध्यक्षलाई सिधै पत्र लेखे । संघीय सरकारलाई बोधार्थ गर्दै लेखिएको पत्रमा उनले प्रदेश २ र त्यसभित्रका स्थानीय तहमा आवश्यक कर्मचारी प्रदेश लोक सेवा आयोग गठनपछि नै भर्ना गर्ने भन्दै संघबाट विज्ञापन नखोल्न आग्रह गरेका थिए ।

त्यसो त संघीय संसद्ले बनाएको ‘प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन २०७५’ समेत प्रदेश सभाबाट स्वीकृत भइसकेको छैन । 

सबै काम फास्ट ट्र्याकमा सकेर कर्मचारी भर्नाका लागि आवेदन खोल्ने प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।  

नेपाल सरकारका पूर्व मन्त्री एवं पूर्व सचिव विद्याधर मल्लिकको संयोजकत्वमा प्रदेश सरकारले प्रदेश प्रशासनिक संरचनासम्बन्धी आयोग गठन गरेको थियो । 

सो आयोगले प्रदेश सरकारका लागि कुल ५ हजार ७६ कर्मचारी आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरेको थियो । 

सोही आधारमा कृषि, शिक्षा, इञ्जिनीयरिङ सहितको प्राविधिक, स्वास्थ्य, प्रशासन, कानून लगायत आठवटा सेवा समूहको विज्ञापन गर्ने तयारी रहेको आन्तरिक मामिला तथा कानून मन्त्री यादवले बताए ।

काङ्ग्रेसले प्रतिनिधि खटायो 

नेपाली काङ्ग्रेसले वैशाख ११ देखि जेठ ११ गतेसम्म गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीले एक महीनाका लागि गर्न लागेको जागरण अभियानलाई भव्यताका साथ सम्पन्न गर्न सबै जिल्लामा प्रतिनिधि खटाएको जानकारी दिए । 

काङ्ग्रेसले प्रदेश १ का १४ जिल्ला, प्रदेश २ का आठ जिल्ला, प्रदेश ३ का १३ जिल्ला, गण्डकी प्रदेशका ११ जिल्ला, प्रदेश ५ का १२ जिल्ला, कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा प्रतिनिधि खटाएको हो । प्रतिनिधि खटाउँदा काङ्ग्रेसले प्रतिनिधिले गर्नुपर्ने सैद्धान्तिक र व्यवहारिक दायित्वबारे जिम्मेवारी पत्र प्रदान गरेको छ । काङ्ग्रेसले प्रतिनिधि पठाउँदा पार्टीका पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यलाई खटाएको छ । 

एकताबारे छलफल

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच यही वैशाख ९ गते पार्टीको एकता प्रक्रिया टुङग््याउने गरी विविध विषयमा गहन छलफल भएको छ । शुक्रबार पार्टीका अध्यक्षद्वय पार्टी एकताको विषयलाई लिएर बालुवाटारमा गहन छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । 

 तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ गते पार्टी एकता भएको थियो । पार्टी एकता प्रक्रियालाई तीन महीनाभित्र भदौ ३ गते सक्नुपर्ने भए तापनि लम्बिँदै जाँदा पार्टी कार्यकर्तामा निराशा बढ्दै गएको छ । झण्डै एक वर्ष बित्न लाग्दा पनि एकताको प्रक्रिया नसएिको हुनाले यही वैशाख ९ गतेसम्म सक्ने भनिएकाले नेताबीच गहन छलफल भइरहेको छ । 

नख्खु बमकाण्डका आरोपी भुजेल फेरि समातिए

नख्खु् बमकाण्डका आरोपी सूर्य भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएपनि रिहा भएलगत्तै फेरि पक्राउ परेका छन् । 

न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको थियो । 

नेत्रविक्रम चन्द समूहका नेता भूजेललाई महानगरीय अपराध महाशाखाले नख्खुस्थित एनसेल टावर लक्षित बम विस्फोट गराएको आरोपमा घटनाको तीन दिनपछि कलंकीबाट पक्राउ गरेको थियो ।

महाशाखाले उनीमाथि कर्तव्य ज्यान र संगठित अपराध,विस्फोटक पदार्थ ऐनअन्तर्गतमुद्दा लगाएको छ । 

रिहा लगत्तै पक्राउ परेका उनलाई अहिले काठमाडौं परिसरको हिरासतमै राखिएको बताइएको छ । तर, उनलाई पुनः पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन । नख्खु बम विस्फोटमा एक जनाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएका थिए । 

विप्लवका मध्यपश्चिम सैन्य विभाग प्रमुख समातिए 

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव समूहका मध्यपश्चिम सैन्य विभाग प्रमुखसहित तीनजनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चुणामणि ओली, चन्द्रबहादुर खड्का र लालबहादु्र ओली रहेको प्रहरीले जनाएको छ । खड्का मध्यपश्चिम सैन्य विभाग प्रमुख भएको प्रहरीले जनाएको छ । 

 प्रहरी स्रोतका अनुसार पक्राउ परेका तीनैजना संगठन विस्तारको क्रममा रहेका थिए । प्रहरीले उनीहरुको साथबाट केही दस्तावेज पनि बरामद गरेको जनाइएको छ । 

राप्रपाको प्रदर्शन

धर्म निरपेक्षता विरुद्धको आन्दोलनमा रहेको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंसहित देशका विभिन्न स्थानमा धर्म निरपेक्षता लेखिएको ब्यानर जनाएको छ । 

सो क्रममा प्रहरीले दुई दर्जन बढी नेता कायकर्तालाई नियन्त्रणमा लिएको छ  ।

नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने लगायत २२ बुँदे माग राख्दै राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ । पहिलो चरणको जनसंघर्ष कार्यक्रम अन्तर्गत हिन्दू राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र धर्ना कार्यक्रम सम्पन्न गरिसकेको छ ।

२५९ हतियार सङ्कलन 

अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवबैध भन्दा वैध हतियार बढी छ । 

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार गत चैत १ देखि वैशाख ५ गतेसम्मको अवधिमा आएका २५९ हतियारमध्ये १७१ वटा वैध हतियार छन् । सो अवधिमा ८८ वटा अवैध हतियार सङ्कलन भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । 

विप्लवमाथिको निगरानी जारी 

सरकारी निर्णय कार्यान्वयन गर्दै नेपाल प्रहरीले ७७ वटै जिल्लामा विप्लव समूहका गतिविधिमाथि सूक्ष्म निगरानी गरी नेता तथा कार्यकर्तामाथि कारवाही जारी राखेको छ । 

गएको फागुन २८ गते सरकारले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने गरी उसका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेसँगै प्रहरीले पक्राउ गरी कारवाही गर्न थालेको हो ।

विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारी निष्कर्ष छ । यद्यपि वार्ता र सहमतिमा आउन भने सरकारले आह्वान गर्दै आएको छ । पछिल्लो समयमा कतिपयले विप्लव समूह छाडेको घोषणासमेत गरेका छन् ।

उक्त समूह विगतमा चन्दा आतङ्कदेखि अपहरण, बम विष्फोट र व्यक्ति कारवाहीका घटनामा उक्त समूह संलग्न रहेको प्रहरीको दावी छ । 

गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आपराधिक समूह भएको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेको थियो । 

विप्लव समूहका गतिविधिमाथि कारवाही गर्ने फागुन २८ को सरकारी निर्णयपछि प्रहरीले देशका विभिन्न जिल्लाबाट उसका १८० नेता तथा कार्यकर्ता पक्राउ गरी हिरासतमा राखेर कारवाही अगाडि बढाएको छ । 

पब्जी खेलमा प्रतिबन्ध कार्यान्वयन नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । 

अनलाइन खेल पब्जीमाथि प्रतिबन्धको निर्णय बदरको माग गर्दै शुक्रबार अधिवक्ता प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए ।

गत चैत २७ गते महानगरीय अपराध महाशाखाले पब्जी खेल बन्द गर्ने आदेश माग गर्दै जिल्ला अदालत काठमाडौँमा निवेदन दिएको थियो । अदालतले अनलाइन खेलले पार्ने असरका सम्बन्धमा मनोचिकित्सकको समेत परामर्श लिई मागबमोजिम सो खेल बन्द गर्न स्वीकृति दिने आदेश जारी गरेको थियो । सो आदेशपछि नेपाल दूरसञ्चार प्राधिकरणले गत चैत २८ गतेदेखि लागू हुने गरी पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुने बताएका छन् । 

तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आज धनुषा जिल्लाको छ स्थानमा सडक निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री महासेठले सरकार भाडामा रेल इञ्जिन र डब्बा लिई चलाउने पक्षमा नरहेको स्पष्ट गरे ।

जनकपुर–जयनगर रेल सञ्चालन सन्दर्भमा दुई दिनभित्र भारतीय र नेपाली प्राविधिक टोलीले अध्ययन गर्ने र साताभरमा सहमतिका बिन्दुमा पुग्ने विश्वास व्यक्त गर्दै उनले रेल सञ्चालनमा राजनीतिकरणले अस्पष्टता देखिएको धारणा राखे । 

पौडेलको विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले अघि बढाएको सरकारी तथा सार्वजनिक सम्पत्तिको खोजी तथा छानविन कार्यमा सहयोग गर्ने बताएका छन् । 

महासचिव पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक जग्गा राज्यका सम्बन्धित संयन्त्र परिचालित भएका छन्, खोजी तथा छानविनका कार्य भइरहेका छन्, गैरकानूनीरुपमा दर्ता भएको जग्गाको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न, गैरकानूनीरुपमा जग्गा दर्ता गर्ने कार्यमा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारवाही गर्नुपर्छ ।’

महासचिव पौडेलले आफूले २०६१ असोज २४ गते नवलपरासी जिल्लाको बर्दिघाट नगरपालिका वडा नं १० (साविक तिलकपुर गाउँ विकास समिति, वडा नं ३) मा पूर्व–पश्चिम राजमार्ग नजिकै श्रीमतीको नाममा रहेको आठ कठ्ठा जग्गा बिक्रीको पैसाबाट काठमाडौँ महानगरपालिका–४, बालुवाटारस्थित उक्त आठ आना जग्गा विसं २०६४ मा किनेको उल्लेख गरेका छन् । 

विज्ञप्तिमा २०६१ पुस २९ गते काठमाडौँ महानगरपालिका वडा नं ४, बालुवाटारस्थित उक्त आठ आना जग्गाको दर्ता स्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको र प्रचलित कानूनबमोजिम सम्बन्धित कार्यालयले खरीद बिक्री गर्न मिल्ने यकिन गरी लिखत पारित गरी लाग्ने राजस्व लिइ छोरा नवीन पौडेलको नाममा पास गरिदिएकोसमेत उल्लेख छ । 

पोल सार्न खोज्दा करेन्ट लागेर मृत्यु

तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युत्को पोल सार्ने क्रममा पोल ढलेर करेन्ट लाग्दा एकको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएका काठमाडौँ बौद्ध बस्ने सर्लाहीका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो क्रममा करेन्ट लागेर घाइते भएका अन्य दुईको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x