×

NMB BANK
NIC ASIA

किन ‘क्रोनिक’ बने एक हजार आयोजना ?

बैशाख ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ। हुलाकी राजमार्ग हुँदै धनुषा र सिरहा जोड्ने ४७० मिटर लामो कमला पुल निर्माण सुरु भएको आठ वर्ष बित्यो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने समयसीमा निर्धारण गरिएको थियो । तीन पटक म्याद थप भए पनि पुल निर्माण नहुँदा गत मङ्सिर ३० गते ठेक्काको म्याद सकियो । 
हुलाकी राजमार्ग निर्देशनालय जनकपुर इकाईका सूचना अधिकारी कमल साहले मङ्सिरपछि म्याद थप नभएको जानकारी दिए। पप्पु लुम्बिनी जेभीले निर्माण ठेक्का पाएको उक्त पुलको निर्माण अलपत्र छ । 
सिरहा बसबिट्टाका ६० वर्षीय हुसेनी धुनियाँ भन्छन्, ‘कमला नदीको पुल र हुलाकी राजमार्ग दुवैको निर्माणले पूर्णता पाउनेमा आशा मारेका छौँ ।’ धुनियाँले तीनदशकदेखि सिरहा र धनुषाको ग्रामीण बजारमा स्थानीय उत्पादनको खरीद बिक्री गर्दै आएका छन् । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघमा एक खर्ब १८ अर्ब रुपियाँ लागत भएका एक हजारभन्दा बढी आयोजना अलपत्र रहेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेपछि त्यस्ता योजनाको निर्माण, कार्यान्वयनको अवस्था यतिबेला व्यापक चर्चाको विषय बनेको छ ।
“योजना समयमै पूरा नहुँदा सरकार र राजनीतिप्रति सर्वसाधारणको अनास्था बढ्छ” जनकपुरधामका अर्थविद् एवम् प्राडा भोगेन्द्र झा तर्क गर्छन् । उनी अलपत्र आयोजनाको आर्थिक र सामाजिक नोक्सानी त झनै धेरै भएको बताए । 

Sagarmatha Cement
Muktinath Bank

आयोगले ‘क्रोनिक’ नाम दिएका यस्ता एक हजार ३२ आयोजनाको विषयमा अहिले सबैतिर चासो बढेसँगै प्रधानमन्त्री कार्यालयले सम्भवतः वैशाखको दोस्रो सातामा यस विषयमा छलफल गर्ने तयारी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कमला पुल र हुलाकी सडक त नाजुक योजनाका उदाहरण मात्रै हुन् । पाल्पाको रामपुरमा निर्माणाधीन कालीगण्डकी पुल वा बूढीगण्डकी, पश्चिम सेती जस्ता राष्ट्रिय गौरवका जलविद्युत् आयोजना पनि वर्षौदेखि कुरामा सीमित छन् । गाेरखापत्र दैनिकमा खबर छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x