कारागार हातामा मन्दिर, गर्नेछन् कैदीबन्दीले पूजापाठ

बैशाख ७, २०७६

दैलेख– जिल्ला कारागार दैलेख हातामा सरस्वतीको मन्दिर निर्माण गरिएको छ । गएको तिहारमा कारागारभित्रै देउसीभैलो खेलेर जम्मा भएको १२ हजार रुपैयामा मूर्ति ल्याएर पूजा गर्ने कैदीबन्दीको अवधारणा जानकारी पाएपछि जेलर जीतबहादुर खत्रीको प्रयासमा नारायण नगरपालिकाको रु एक लाख अनुदानमा मन्दिर निर्माण गरिएकोे हो । 

    मन्दिर निर्माणमा अरू शुभेच्छुकको सहयोग र कैदीबन्दीको श्रमदानसमेत करीब ११ लाखको लागतमा सरस्वती मन्दिर र खेलमैदानको प्रबन्ध भएको कारागारका आन्तरिक प्रशासन चौकीदार कृष्ण खत्रीले जानकारी दिए । 


ADVERTISEMENT

बैशाख ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस