×

NMB BANK
NIC ASIA

सामाजिक सुधार

मुस्लिममा ‘निकाह’ : बिहे गरीबमैत्री बनाउन दाइजोविरुद्ध हुसैनको ‘जेहाद’ !

बैशाख ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – मुस्लिम समुदायमा दाइजो बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाका साजिद हुसैनले दाइजोविरुद्ध ‘जेहाद’ थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

समाजमा दाइजोकै कारण महिला हिंसा बढ्न थालेको र गरीब घरका छोरीको बिहेमा समेत समस्या उत्पन्न भएपछि हुसैनले जेहाद नै छेडेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसका लागि उनले अहिले घरघरमा गएर दाइजोविरुद्ध जनचेतना जगाउनेदेखि मुस्लिम समुदायका धर्मगुरूलाई समेत एकठाउँमा ल्याउने काम गरेका छन् । निकाह गर्दा निकाह गराउने ‘काजी’हरूलाई पटक–पटक एकठाउँमा ल्याएर दाइजो लिने छोराको निकाह नगराइदिन उनले आग्रह गरेका छन् । मुस्लिम समुदायमा बिहेलाई ‘निकाह’ भन्ने गरिन्छ ।


Advertisment
Nabil box
Kumari

‘विगत ४ महिनादेखि धर्मगुरूलाई समेत राखेर अन्तर्क्रिया गर्दै आएको छु,’ हुसैनले भने, ‘दाइजो लिने बेहुलाको जन्ती नजाने, उसको भोजभतेर नखाने, सामाजिक बहिष्कार नै गर्नेसम्मको मोटामोटी सहमति भएको छ ।’ त्यसका लागि धनुषा र महोत्तरीका ३६ जना मौलानाले पनि प्रतिवद्धता जनाइसकेको उनले बताए ।

Vianet communication
Laxmi Bank

‘समाजका मानिस पनि दाइजोविरुद्ध जुनसुकै पाइला चाल्नु परे पछि नपर्ने भन्दै दाइजो लिने व्यक्तिलाई सामाजिक रुपमा बहिष्कार नै गर्नुपर्ने विचार धेरै मान्छेले दिइरहेका छन्,’ हुसैनले भने, ‘अब एउटा सम्मेलन गरेर त्यसको घोषणा नै गर्ने हामीले तयारी गरेका छौं ।’

केही दिनअघि नै जनकपुरधाममा उनले मुस्लिम समुदायको ‘मिसन दहेज मुक्त सम्मेलन’ गरेका थिए । त्यही सम्मेलनबाट सामाजिक बहिष्कारकै बाटोले मात्र दाइजो रोक्न सकिने अधिकांश सहभागीको धारणा आएको उनले बताए । खास गरेर गाउँगाउँबाट आएका महिलाले त्यसमा बढी नै जोड दिएको उनले सुनाए ।

किन दाइजोविरूद्ध जेहाद ?

२०७५ फागुन ३ गते महोत्तरीको अध्यनापुरबाट महोत्तरीकै भ्रमरपुरामा निकाहका लागि जाँदा बेहुलाले निजी हेलिकप्टर नै चार्टर गरे । हुसैनका अनुसार अध्यानपुरका बेहुला जुनैद साहको भ्रमरपूराका हबीबुल्लाह शाहको छोरीसँग निकाह हुँदा बेहुलाले निजी हेलिकप्टर चार्टर गरेका थिए ।

त्यसको केही दिनअघि नै महोत्तरीको किसनपुरबाट अलिपट्टिमा बिहे गर्न जाँदा बेहुलाले निजी हेलिकप्टर चार्टर गरेका थिए । बेहुला अफजल राइनसँग अलिपट्टिका सलिम राइनको छोरीसँग निकाह हुँदा बेहुलाले निजी हेलिकप्टर चार्टर गरेका थिए ।

त्यसको केही महिनाअघि धनुषाको बेंगा शिवपुरबाट धनुषाकै नौंसय बिघामा बिहे गर्दा बेहुलाले निजी हेलिकप्टर चार्टर गरेर लगेका थिए । हेलिकप्टर चार्टर गर्दा केटा पक्षले नै आफ्नो खर्च गरेको बताइएपनि त्यसले समाजमा नकारात्मक असर परेको हुसैन बताउँछन् ।

‘यदि केटा पक्ष त्यति नै धनी हुन् र दिल खोलेर पैसा खर्च गर्ने चाहन्छन् भने जन्तीलाई पनि निजी हेलिकप्टर चार्टर गरेर लग्नुपर्थ्यो । त्यसो त गरिएन,’ हुसैनले भने, ‘समाजमा देखाबाका लागि हेलिकप्टर चार्टर गरेर जाने प्रवृत्ति बढ्दै गएको छ ।’ त्यसको अत्यन्तै प्रतिकूल असर अन्य मानिसमा पर्ने हुनाले बिहेमा देखाउने आर्थिक सामर्थ्य केटा पक्षले देखाउनका लागि प्रदर्शन गर्नु नहुने उनी बताउँछन् । बिहेको नाउँमा तामझाम, तडकभडक र आडम्बरको अन्त्य हुनुपर्ने उनको सोच छ ।

आजभन्दा २०–२५ वर्षअघिसम्म मुस्लिम समुदायमा दाइजोले त्यति ठूलो जडा गाडेको थिएन । सामान्य घरपरिवारकी छोरीको पनि विना दाइजो नै निकाह हुने गर्थ्यो । तर अहिले त पढेलेखेको बेहुला भयो भने ४० देखि ५० लाख रुपैयाँसम्म खुलेरै दाइजो माग्ने गर्छन् । 

मोटरसाइकल होइन, अब त कार नै पनि दाइजोमा माग आउन थालेको छ । बिहे घरमा वा गाउँमा नगर्ने, शहरको कुनै ठूलो होटलमा नै हुनुपर्छ भन्नेसम्मको केटा पक्षले कर लगाउन थालेका छन् । डेढ सयदेखि २ सयसम्म जन्ती आउन थालेका छन् । त्यसको असर सामान्य गरीब परिवारमा पनि पर्न थालेपछि हुसैनले दाइजोविरुद्ध जेहाद मिसन थालेका हुन् ।

गरीब परिवारका मानिसले पनि छोरीको बिहेमा लाखौं खर्च गर्नुपर्ने स्थिति आएको छ । ‘जग्गा जमिन वा घर समेत नभएका मान्छेको छोरीको बिहेमा कम्तिमा पनि १० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ,’ हुसैनले भने, ‘केटीको बुवाले जसोतसो ऋण काढेर पनि छोरीको बिहे गराउनैपर्ने बाध्यता छ ।’ छोरीको बिहेको आर्थिक भारमा नै जिन्दगीभर गरीब मानिस थिचिने गरेका कारण पनि दाइजोविरुद्ध समाजलाई एकवद्ध गराउने अभियानमा उनी लागेका छन् ।

यसरी हुन्छ निकाह

मुस्लिम समुदायमा केटा र केटीबीच निकाह हुँदा सबैभन्दा राम्रो पक्ष के हो भने केटीले त्यो केटा आफूलाई ‘कुबुल’ (मन्जुर) छैन भनेपछि आएको बेहुला फिर्ता जानुपर्ने हुन्छ । बेहुला र बेहुली पक्षमा शुरूमा कुराकानी हुन्छ । त्यसपछि निकाह गर्ने दुवै परिवारबीच सहमति हुन्छ । अनि निकाह गराउनका लागि मौलाना काजी सबैभन्दा पहिले केटीकोमा पुग्छन् । 

‘फलानो व्यक्तिसँग ५ हजार ७ सय ८६ रुपैयाँको बदलामा तिम्रो निकाह गरिँदैछ, के तिमीलाई कुबुल छ ? केटीलाई काजीले प्रश्न गर्छन्,’ मौलाना अब्दुल अजिजले जानकारी दिँदै भने, ‘यदि केटीले मन्जुरी दिन्छ भने त्यहीँ काजी फेरि केटाकोमा गएर केटीलाई सोधेजस्तै प्रश्न गर्छन् ।’ केटाले पनि मन्जुरी दिएपछि काजीले दुवै पक्षका साक्षी समेतलाई राखेर निकाहको मन्त्र पढ्छन् । त्यहाँ उपस्थित केटा पक्षबाट आएका जन्ती र केटी पक्षका मान्छे समेत अल्लाहको बर्गाहमा ‘दुवा’ गर्छन् । एकआपसमा शुभकामना आदानप्रदान हुने गर्छ ।

निकाह हुने बित्तिकै जन्तीलाई खाना खुवाएर बिदा गर्ने गरिन्छ । निकाह भएकै दिन बेहुलाले बेहुलीलाई लिएर घर फर्किन्छन् । यसरी फर्किने बेला बेहुलीको बुवाले खुशीखुशी छोरीको लागि लुगाकपडा, गरगहना, ओछ्याउन, भाडाकुडा, फर्निचर दिएर बिदा गर्छन् । आशिर्वाद स्वरुप बेहुला र बेहुली दुवैलाई डालाहाराबापत केही नगद दिएर बिदा गर्ने गर्छन् ।

‘हिजोआज दाइजो कति दिने भन्ने कुराको टुंगो नलागेसम्म निकाह नै हुने गरेको छैन,’ मौलाना अजिज भन्छन्, ‘यो त ठूलो अपराध नै हो ।’ दाइजो लिएर छोराको बिहे गर्नु भनेको जह्न्न (नर्क) मा जानु हो भनेर आफूले पनि ‘मिलाद’का क्रममा भन्ने गरेको उनले बताए । धार्मिक प्रवचनलाई ‘मिलाद’ भनिन्छ ।

‘मुस्लिम धर्मगुरूले पनि भनेका छन् कि केटी पक्षलाई त्यति मात्र आर्थिक भार देउ जति उसले सहजै स्वीकार गर्न सक्छन्,’ मौलाना अजिजले भने, ‘त्यसकारण जन्ती जाँदा वा खानपिन आदिको कुरामा पनि केटा पक्षले केटी पक्षलाई कर लगाउनु हुँदैन ।’ तर अहिले त हाकाहाकी यति मान्छे जन्तीमा आउछौं, यो–यो कुरा खाना खान्छौं भनेर पहिले नै कर लगाउने कारण छोरी पक्षलाई जन्तीको स्वागत र व्यवस्थापनमा नै लाखौं रुपैयाँ खर्च हुने गरेको उनले बताए ।

पहिले कति संख्यामा जन्ती आउने कुरा बेहुला पक्षको प्रस्तावमा नभएर बेहुली पक्षले भनेको संख्यामा नै आउनुपर्थ्यो । तर अब उल्टो हुँदै गएको छ । कतिपय बिहेमा बेहुला पक्षले विशिष्ठ व्यक्तित्व (भीआईपी) लाई पनि जन्तीमा आमन्त्रण गरेका हुन्छन् ।

‘भीआईपी जन्तीको स्वागत र बन्दोबस्त गर्न बेहुली पक्षलाई थप आर्थिक भार परिरहेको हुन्छ,’ हुसैनले भने, ‘त्यसैले भीआईपी भनिने सांसददेखि मन्त्री, मेयरदेखि नेतासम्मलाई कुनै पनि छोराको जन्ती बनेर नगइदिनुस् । बरु छोराको घरमा पुगेर आशिर्वाद दिए पुग्छ ।’ भीआईपी भनिने मानिस १ जना मात्र हँुदैनन्, उनको साथमा दलबल पनि जन्तीमा पुग्ने गर्दा ठूलो समस्या हुने गरेको उनले सुनाए ।

मुस्लिम समुदायमा कुनै पनि महिनामा कुनै पनि दिनमा बिहे गर्न सक्ने व्यस्था छ । त्यसको लागि कुनै समयको बन्देज छैन । दिन वा रात कुनै पनि समयमा निकाह हुन सक्छ । 

बढिरहेको दाइजोकै कारण भ्रूण हत्या भइरहेको, बिहेपश्चात पनि छोरीलाई ससुरालीमा हिंसा हुने गरेको, तलाकको सामना गर्नुपरेकाले सबै मुस्लिम समुदाय दाइजोविरूद्ध एकजुट हुनुपर्ने हुसैन बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x