बुटवलमा प्रधानमन्त्री ओलीलाई देखाइयो कालोझण्डा

बैशाख ७, २०७६

बुटवल- प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार बुटवलमा कालोझण्डा देखाइएको छ । 

जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् ।


ADVERTISEMENT

खचाखच भरिएको मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी अर्घाखाँचीका रुद्र घिमिरे 'उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ' भन्दै कार्यक्रम स्थल प्रवेश गरे ।तर प्रधानमन्त्रीलाई केही भनेनन् । 

उनले कार्यक्रमस्थलमा कालोझण्डा देखाएपनि कसैले केही गरेनन् । शुरूमा त प्रहरीले पनि उनलाई समातेन । प्रधानमन्त्रीले नै सम्बोधन रोकेर कालोझण्डा देखाइराखेको छ, के हरेर बस्या छ सुरक्षा निकाय ? भनेपछि मात्रै प्रहरीले उनलाई समातेर लग्यो ।  

उनी कुन पार्टी कार्यकता हुन् भन्ने पुष्टि हुन सकेको छैन । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले कालोझण्डा देखाउने अर्घाखाँचीका रुद्र घिमिरे रहेको पुष्टि गरे । उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ । बुटवलमा अंग्रेज फौजलाई हराएको सम्झनामा पहिलोपटक विजय उत्सव मनाइएको छ ।

बैशाख ७, २०७६ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार