×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीको आरोप : विकास विरोधीले ज्योतिषीलाई उक्साएर भ्रम फैलाए !

बैशाख ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको कामको गति देखेर विरोधीले भ्रम फिजाइरहेको बताएका छन् ।

Muktinath Bank

समृद्धिको यात्रा देख्न नचाहनेले ज्योतिषीलाई समेत उक्साएको दावी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार बुटवलको जितगढी विजय उत्सवलाई सम्बोधन गर्दै ओलीले भने, ‘विकास र समृद्धिको विरोध गर्ने ठाउँ नपाएर विरोधीहरूले ज्योतिषीहरूलाई उचालेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘ज्योतिषीहरू पनि दक्षिणाको लोभमा नपरे हुन्छ । जनताको जानुपर्ने ठाउँमा ज्योतिषीकोमा गएर केही हुँदैन ।’


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘ज्योतिषीकोमा गएर यस सरकार यस्तो हुँदैछ भनिदिनुपर्‍यो भन्न थाले । तर कुनै भ्रममा नपरे हुन्छ । देश विकासको गतिमा अगाडि बढ्छ ।’ प्रधानमन्त्री कोपी शर्मा ओलीले संविधान विरोधी क्रियाकलाप गर्न कसैलाई छुट नहुने बताएका छन् । 

Vianet communication
Laxmi Bank

ओलीले संविधान विरोधी काम गर्ने जो कोहीलाई पनि सरकारले नछोड्ने बताए । संविधानविपरीत काम नगर्नको लागि समेत उनले आग्रह गरेका छन् । नेपालले आफ्नो देशको पहिचान आफैं बनाउन सक्ने हैसियत भएको बताएका छन् । उनले वीर पुर्खाहरूले रगत पसिना बगाएको इतिहास बोकेको देश नेपाल भएको भन्दै आफ्नो पहिचान आफैं स्थापित गर्ने महान अभियानमा सरकार लागिपरेको बताए । 

प्रधानमन्त्री ओलीले सबै पेशाकर्मीका समस्यातर्फ सरकारको ध्यान रहेको बताउँदै सबैका समस्या सँगसँगै समाधानको बाटोमा सरकार अगाडि बढेको समेत बताए । 

उनले सरकारको ध्यान शान्ति, सुव्यवस्था र बिकासमा केन्द्रित रहेको भन्दै ओलीले अब मुलुकले बिकासको बाटो समात्ने दाबी गरे । त्यसका लागि सबै आधारहरू तयार हुँदै गएको उनले बताए ।

प्रधानमन्त्री ओलीले केही समूह देश टुक्र्याउन उद्धत रहेको भन्दै जनतालाई सचेत हुन आग्रह समेत गरे । ‘दुनियाँ एकातिर छ, केही मान्छे अहिले उपद्रो गर्दैछन्,’ उनले भने, ‘पुग्ने कहाँ हो ? गर्ने के हो ? आजको समस्या के हो ? थाहा छैन । तर केही न केही उपद्रो गर्न खोज्दैछन्, त्यस्तासँग सचेत हुन आवश्यक छ ।’

उनले देशभरका गढी र किल्लाको सरकारले संरक्षणमा गर्ने बताए । जितगढी किल्लाको रक्षा गर्नु देशको रक्षा गर्नु भएको भन्दै उनले यहाँको अतिक्रमित जमिनलाई पुरानै अबस्थामा कसरी ल्याउने सरकारले भन्नेबारे सरकारले काम गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले वीर पुर्खाहरूले विरतापूर्ण काम गरेका क्षेत्रहरूको संरक्षण गर्ने पहल थालेको बताए । उनले जितगढी किल्ला नेपालको गौवरपूर्ण क्षेत्र रहेको बताए । 

कार्यक्रममा ५ नम्बर प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले जितगढी र मणिमुकुन्द सेन उद्योग जोडन आवश्यक रहेको बताए । नेकपा महासचिव विष्णु पौडेलले जितगढीको गुरुयोजना बनाउन आवश्यक रहेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x