×

NMB BANK
NIC ASIA

राप्ती लोकमार्ग दैनिक ९ घण्टा बन्द हुने

बैशाख ७, २०७६

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

दाङ- राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–सल्यान खण्डमा दैनिक ९ घण्टा सडक अवरुद्ध हुने भएको छ ।

Muktinath Bank

राम्री घुम्तीमा तेइस विद्यार्थीको मृत्यु भएकाले त्यसलाई विस्तार गर्न  तुलसीपुर उपमहानगरपालिका–३ को उक्त स्थानमा शनिवारदेखि वैशाख २५ गतेसम्म दैनिक ९ घण्टा सडक बन्द गर्ने सहमति भएको तुलसीपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्र केसीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार बिहान ११ बजेदेखि ४ बजेसम्म र राति १ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरेर काम गर्ने सहमति भएको हो । सडक विस्तार गर्ने स्थल साँघुरो हुँदा बन्द गरेरै काम शुरू गर्न लागिएको हो । अब दैनिक १५ घण्टा राम्री मोड हटाउन कार्य हुनेछ । त्यस स्थानमा पटक–पटक गरी चारवटा सवारी साधन दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेपछि घुम्ती विस्तार गर्न लागिएको हो ।


Advertisment
Nabil box
Kumari

सडक डिभिजन कार्यालयले घुम्ती विस्तार गर्नका लागि उज्ज्वल निर्माण सेवासँग सम्झौता गरेको छ । भ्याटसहित ५६ लाख रुपैयाँको लागतमा चालू आर्थिक वर्षको असारभित्र सक्ने गरी निर्माण शुरू गरिएको उक्त कार्यालयका इञ्जिनीयर लिलाबहादुर भण्डारीले बताए । उनका अनुसार चैत २९ गतेदेखि काम शुरू भएको र असार २५ गतेभित्र सक्ने गरी सम्झौता भएको हो । त्यहाँको घुम्ती काट्नाका साथै खाल्डाखुल्डी पुर्ने र पर्खाल लगाइने छ । 

Vianet communication
Laxmi Bank

निर्माण कम्पनीका दीपक न्यौपानेका अनुसार दैनिक १५ घण्टा यही गतिमा काम गरे १० दिनमै पूरा हुने बताए । 'उपकरणले  साथ दियो भने हामीले हप्ता-दश दिनमा काम पूरा गर्छौं,' उनले भने, 'त्यसका लागि हामीले कामलाई तीव्रता दिएका छौं ।' 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x