×

NMB BANK
NIC ASIA

केपीएलको तयारी तीव्र, क्रिकेट मैदान व्यवस्थित बनाइँदै

बैशाख ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा वैशाख १२ गते देखि आयोजना गर्न लागिएको कर्णाली प्रिमियर लिगको (केपीएल) लागि मैदान निर्माणको काम अन्तिम चरणमा पुगेको छ । देशभरका आठ टोलीले सहभागिता जनाउने उक्त प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । कर्णाली प्रदेशको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता भएको आयोजकको दाबी छ ।

Muktinath Bank

‘मैदान सम्याउने, पिच र बाउन्ड्रीको लेभल मिलाउने लगायतको काम लगभग सकिएको छ,’ कर्णाली प्रिमियर लिग दोस्रो संस्करणका संयोजक रेशम शाहीले भने,‘यस पटक दर्शकका लागि न्यूनतम मूल्यमा टिकट शुल्क लगाएका छौं । ३० रुपैयाँ, एक सय र तीन सय रुपैयाँको टिकट शुल्क तोकेका छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा सहभागि समूहमध्ये विजेतालाई पाँच लाख रुपैयाँको नगद पुरस्कार राशी प्रदान गरिने छ । प्रतियोगितामा दोस्रो टीमलाई दुई लाख रुपैयाँ, म्यान अफ द सिरिजलाई ५० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई २०–२० हजार रुपैयाँ नगद प्रदान गरिने छ। यस्तै प्रत्येक खेलमा 'म्यान अफ द म्याच' हुने खेलाडीले तीन हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् ।


Advertisment
Nabil box
Kumari

प्रतियोगितामा तीन विभागीयसहित आठ टीम सहभागी हुँदैछन् । बसन्त रेग्मीको कप्तानीमा सशस्त्र प्रहरीको एपीएफ क्लब, विनोद भण्डारीको कप्तानीमा त्रिभुवन आर्मी क्लब र मञ्जीत श्रेष्ठको कप्तानीमा नेपाल पुलिसको टीम प्रतियोगितामा सहभागी हुनेछन् ।

Vianet communication
Laxmi Bank

यस्तै, कर्णाली क्रिक्रेट एकेडेमीमा रविन्द्रजंग शाही, महेन्द्रनगर क्रिकेट एकेडेमी (कञ्चनपुर) बाट सुशिल खड्काले टीमको नेतृत्व गर्नेछन् । मेहबुब आलमले लालिगुराँस क्रिकेट एकेडेमी (झापा) र अजय साहनीले मध्यपश्चिम क्रिकेट (बाँके) र सुरेन्द्र चन्दले हिमालयन क्रिकेट एकेडमी (काठमाडौं) को टीमको नेतृत्व गर्नेछन् । प्रतियोगिता अवधिभर १५ वटा खेल हुने आयोजकले जनाएको छ । पहिलो र अन्तिम दिन एक-एक वटा खेल हुनेछन् भने अन्य दिन दुई–दुई वटा खेल हुने आयोजकले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x