×

NMB BANK
NIC ASIA

‘कान्छो जिल्ला’ नवलपुरका सबै सरकारी कार्यालय एकै स्थानमा

बैशाख ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – संघीयता कार्यान्वयनसँगै विभाजन भएको नवलपरासीको पूर्वतर्फको जिल्ला पूर्वी नवलपरासीको कावासोतीमा रहेका सबै सरकारी कार्यालय एकै स्थानमा निर्माण हुने भएका छन् ।

Muktinath Bank

पूर्वी नवलपरासीलाई नवलपुर पनि भनिन्छ । बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नमूना कावासोती सदरमुकाम’को शिलान्यास गरेर त्यसको शुरूवात गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नवलपुरको सदरमुकाम कावासोती हो । नयाँ जिल्ला भएपछि त्यहाँ स्थापना भएका ३० बढी सरकारी कार्यालय भाडामा सञ्चालनमा छन् । ‘नमूना कावासोती सदरमुकाम’ नाम दिइएको स्थानमा सबै सरकारी कार्यालयका भवन निर्माण हुनेछन् ।


Advertisment
Nabil box
Kumari

भवन निर्माणका लागि कावासोती नगरपालिका–३ राममन्दिर चौरको १ सय ८६ बिगाहा जग्गा उपलव्ध गराएको  छ । गण्डकी प्रदेश सरकारमार्फत संघीय सरकारले उपलव्ध गराएको जग्गामा जिल्लामा रहने स्थानीय, प्रदेश र संघीय सरकारका कार्यालय निर्माण हुनेछन् ।

Vianet communication
Laxmi Bank

शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ७७ जिल्लामध्येको कान्छो जिल्लाका रुपमा रहेको पूर्वी नवलपरासीको नवलपुरलाई आफूले देशमै नमूना सदरमुकामको परिकल्पना गरेको बताए । पूर्वी नवलपरासीको नामप्रति प्रधानमन्त्री ओलीले भने, ‘पूर्व, पश्चिम र उत्तर दक्षिण भनिरहनु पर्दैन यो नवलपुर जिल्ला हो ।’

१ वर्षको अवधिमा पर्यटन, कृषि, सडकदेखि भौतिक निर्माणमा उल्लेखनीय प्रगति भएको प्रधानमन्त्री ओलीको दाबी थियो । विकासका एजेण्डामा सबैको साझा सहयोग आवश्यक भएको उनको भनाई थियो । ३ वर्षभित्र देशका दुर्गमदेखि सबै क्षेत्रका बिजुली बल्ने उनले बताए । कावासोतीस्थित धोवादीमा रहेको फलाम खानीदेखि देशभरका सबै खानीहरुलाई व्यवस्थित गराउन लागिएको उनले बताए ।

सुकुम्बासी समस्या नवलपरासीबाटै शुरू भएको भन्दै जग्गा नभएका वास्तविक नागरिकको पहिचान गरी व्यवस्थित गराइने प्रधानमन्त्री ओलीको भनाई थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जग्गा उपलव्ध गराएसँगै भौतिक निर्माण संरचनामा संघीय सरकारको आर्थिक सहयोग आवश्यक रहेको बताए । पोखरादेखि पूर्वी नवलपरासीको दुम्किवास र त्रिवेणीसम्म सडक निर्माणका लागि छिट्टै नै सम्भाव्यता अध्ययन शुरू हुने र डीपीआर तयार भएपछि काम शुरू हुने मुख्यमन्त्री गुरुङले बताए ।

कालीगण्डकीमा तटबन्धन र कालीगण्डकी करिडोरलाई थप व्यवस्थित बनाउन लागिएको उनले बताए । गण्डकी प्रदेशले सञ्चालन गर्न लागेका ठूला योजनामा संघीय सरकारको आर्थिक सहयोग विना असम्भव भएकाले मुख्यमन्त्री गुरुङले आर्थिक सहयोगका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x