शारीरिक सम्पर्कपछि कतै तपाईं यस्तो गल्ती त गरिरहनुभएको छैन

बैशाख ७, २०७६

 अनुमान गर्नुस् । तपाईं आफ्नो पार्टनरसँग गजबको शारीरिक सम्पर्कमा रमाइरहनुभएको छ । तपाईं क्लाइमेक्समा पुगेर चरम आनन्द अनुभव गरिरहनुभएको छ । तर क्रियाकर्म सकिएपछि भने तपाईंको पार्टनर अर्को कोठामा जान्छ र मजाले सुत्छ । कस्तो नमज्जा ।


यो गल्ती प्रायः जोडीहरूले गर्छन् । आफ्नो पार्टनरलाई ओछ्यानमा सन्तुष्ट बनाउन हरेक हत्कन्डा अपनाएपनि एउटा गल्तीले सबै मजा बिगार्न सक्छ ।


ADVERTISEMENT

यस्ता गल्तीले तपाईं झटपट सेक्स सकेर अर्को काममा व्यस्त हुन हतारो गरेको सन्देश दिन्छ । अझ सेक्सकै दौरान तपाईंको दिमागमा अरू कुरा दौडिएको संकेत पनि यसले दिन्छ ।

यी क्रियाकलापले सेक्सको मूड बिगारिदिन्छन् । अरू गल्ती यी हुन् जसबाट तपाईं बच्नु उचित हुन्छ :

छिट्टै सुत्नु
सेक्स गर्नेबित्तिकै सुत्नु समस्या नै हो । त्यसैले तत्काल सुत्नुभन्दा पनि लामो समय आनन्दको मूडमा सँगै बस्नु उचित हुन्छ ।

बाथरूम जाने
तात्तातो सेक्सपछि बाथरूम दौडिनु नराम्रो काम हो । सफा हुन खोज्नु ठीकै हो तर सेक्सपछिको आनन्द उठाइरहेको पार्टनरलाई एक्लै छोडी बाथरूम कुद्नु राम्रो हुन्न ।

साथीलाई फोन गर्ने
साथीलाई फोन गर्नका लागि अरू समय नै छँदैछन् नि । सेक्सका बेलामा मोबाइल फोनका कल र मेसेज हेर्नुले तपाईंको पार्टनरमा रूचि छैन भन्ने संकेत हो ।

किताब पढ्ने वा काम गर्ने
सेक्सका बेलामा जोडीहरू के सोच्छन् रहस्यकै कुरा हो । तर सेक्सपछि किताब पढ्ने वा काम गर्ने चाहिँ गल्ती हो । सेक्सपछिको आनन्द दुवैले मिलेर लिनुपर्छ ।

छिट्टै सुत्ने
तपाईं पार्टनरभन्दा टाढै सुत्नुहुन्छ भनेपनि सेक्स गरेको रात सँगै सुत्नुस् । रमाइलो सेसनपछि साथीलाई त्यागेर सिरक तकिया बोक्दै अर्को कोठामा जानु झुर काम हो । यसले रातको मजा बिगार्छ र अर्कोपाली सेक्स गर्न मन नलाग्ने बनाइदिन्छ ।

खाना खाने
सेक्सअघि रोमान्टिक डिनर गर्नु गजबको आइडिया हो तर सेक्सपछि किचन छिर्नु घिनलाग्दो काम हो । यसले रमाइलो मारिदिन्छ अनि तपाईंको पार्टनरलाई लाग्न सक्छ कि तपाईंले सेक्सको आनन्द उठाउनुभएन र सेक्सका बेलामा पनि तपाईं भोको भएर खानाका बारेमा सोचिरहनुभएको थियो ।

बैशाख ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस