प्रधानन्यायाधीशकै आदेशमा सार्वजनिक जग्गा  व्यक्तिको नाममा

बैशाख ८, २०७६

काठमाडौं– काठमाडौं– सर्वोच्चमा आएका सार्वजनिक जग्गासम्बन्धी मुद्दामा प्रधानन्यायाधीशकै चासो धेरै हुने गरेको छ ।

 आजको नयाँ पत्रिका दैनिक लेख्छ–प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्रिको नाममा दर्ता भइसकेको छ । 


ADVERTISEMENT

प्रधानन्यायाधीश हुँदा ओमप्रकाश मिश्र र गोपाल पराजुलीले यस्तै विवादास्पद फैसला गरेका थिए । 

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रसहित न्यायाधीशहरु शारदाकुमार घिमिरे र अनिल कुमार सिन्हाको इजलासको आदेशपछि भक्तपुरको दुवाकोटस्थित १९ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । 
यस्तै गोपाल प्रसाद पराजुली र तेजबहादुर केसीको इजलासले नवलपरासीको मध्यबिन्दुस्थित  सयौबिगा जमिन व्यक्तिको नाममा पास भइसकेको छ। 

बैशाख ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस