चलचित्र कप्सको 'सुन्दरी देखेर आँखा सन्कियो' सार्वजनिक [भिडियोसहित]

बैशाख ८, २०७६

काठमाडौं- आगामी जेठ १७ गतेबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र ‘कप्स’ (सत्यम् सेवा सुरक्षणम्)को दोश्रो गीत रिलिज गरिएको छ । ‍

'सुन्दरी देखेर आँखा सन्कियो' बोलको यो आइटम गीतमा कुनै डान्स क्लबमा नृत्यको दृष्य देखाइएको छ । त्यहाँ फिल्मका खलपात्रहरू देखिएका छन् । उनीहरूको निगरानी गर्न प्रहरी अधिकारी अभिनेता अनुप विक्रम शाही पुग्छन् । 


ADVERTISEMENT

यो गीतलाई मिना निरौला र स्वयम्भुराज शाक्यले गाएका हुन् । जसमा स्वयम्भुराज शाक्यलकै संगीत छ । गीतको रचनाकार सुरेन्द्र राना हुन् । 

यो चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्रको कथा अनुसार राखिएको यो आइटम गीत हो । यो चलचित्र प्रहरी सेवाको कथामा केन्द्रित रहेको निर्देशक सापकोटाले बताए । गीतमा नृत्य कलाकार रिया प्रधानको नृत्य निकै आकर्षक बनेको छ । गीतको नृत्यलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । 

यो चलचित्रमा अनुपविक्रम शाहीसँगै, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतको अभिनय छ । आर्या मुभिज र सारा श्री मुभिजले निर्माण गरेको यो चलचित्रमा सुसन प्रजापतिको छायांकन, विपिन मल्लको सम्पादन, सम्राट सापकोटाकै लेखन रहेको छ । यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

 

बैशाख ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस