नेकपा जिल्ला तहको एकीकरण सम्पन्न, ७७ वटै जिल्लामा अध्यक्ष र सचिवको लाग्यो टुंगो

बैशाख ८, २०७६

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले जिल्लास्तरीय नेतृत्वको बाँडफाँड टुंग्याएको छ । आइतवार साँझ बसेको नेकपाको सचिवालय बैठकले ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको सचिवालय सदस्य वामदेव गौतमले लोकान्तरलाई जानकारी दिए ।

स्रोतका अनुसार सचिवालय बैठकले पूर्व एमालेको भागमा ४२ र पूर्व माओवादीको भागमा ३५ जिल्लाको नेतृत्व पर्ने गरी एकीकरण प्रक्रिया टुंग्याएको छ ।


ADVERTISEMENT

पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा पूर्व माओवादीबाट सचिव हुने र पूर्व माओवादीले अध्यक्ष पाएको जिल्लामा पूर्व एमालेबाट सचिव हुने गरी जिल्ला तहको नेतृत्व छनोट भएको हो । 

राजधानीमा भोलि आयोजना हुने समारोह मार्फत यो कुरा घोषणा हुनेछ । दुईपार्टी एकीकरण हुनुपूर्व जिल्ला कमिटिको नेतृत्व गरेकै व्यक्ति अध्यक्ष र सचिव रहने पनि सहमति भएको छ ।

पार्टीको पोलिटब्युरो, विभाग र जनवर्गीय संगठनको एकीकरण भने आगामी केही दिनमा टुंगिने बताइएको छ ।

बैशाख ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार