वार्ताका लागि राप्रपालाई सरकारको आमन्त्रण, ३ सदस्यीय वार्ता समिति गठन

बैशाख ९, २०७६

काठमाडौं- २२ बुँदे माग पेश गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकारले वार्ताका लागि आमन्त्रण गरेको छ । 

राप्रपाले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ८ गते आइतवार सरकारका तर्फबाट कानूनमन्त्री भानुभक्त ढकालले पत्र लेख्दै वार्ताका लागि आमन्त्रण गरेको जानकारी दिएको हो ।
राप्रपाले आज सरकारसँग वार्ता गर्न पार्टीका वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेको छ । 


ADVERTISEMENT

सरकारको पहदकदमीलाई राप्रपाले सकारात्मक रूपमा लिएको राप्रपा नेता मोहन श्रेष्ठले बताए । 

बैशाख ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार