फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
बुटवल- प्रदेश नम्बर ५का अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने जिल्ला सचिवमा घटुवा भएका छन् । सोमवार घोषणा भएको जिल्ला कमिटी अनुसार उनी सचिव पदमा घटुवा भएका हुन् ।
पार्टी एकीकरण नहुँदै उनी पार्टीको पोलिटव्यूरो सदस्य, केन्द्रीय सदस्य थिए । एकतापछि उनको नाम सचिवमा आएपछि न्यौपानेले आफूलाई सचिव पद स्वीकार्य नभएको घुमाउरो पारामा बताए ।
शुरूमा बधाई दिएका लोकान्तरकर्मी प्रकाश आचार्यसँग उनले भने, 'मलाई के को बधाई दिनुहुन्छ ? म डिमोसनमा परेकालाई, म घटुवा भएको मान्छेलाई ! तपाई आफैं भन्नुहोस् म पोलिटव्यूरो सदस्य भएको व्यक्ति केन्द्रीय सदस्य रुपन्देही इन्चार्ज भइसकेको हुँ । अहिले जिल्लाको सचिव मलाई सुहाउँछ ?’
यो विषयमा उनले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग कुरा गरिरहेको बताए । ‘यो विषयमा मैले अध्यक्ष प्रचण्डसँग कुरा गरेको छु,' उनले भने, 'पूर्व माओवादीको जिल्ला सचिवमा सर्वसम्मत नाम सिफारिस भएका नारायण जिसी निर्मलको नाम सचिवमा हुनुपर्छ ।’
पार्टी गलत गरेको भन्दा पनि प्रक्रिया मिलाउँदा यस्तो भएको हुन सक्ने न्यौपानेले आशंका गरे । पार्टीले रुपन्देहीको अध्यक्ष बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदी र सचिवमा न्यौपानेको नाम सिफारिस गरेको छ । न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ को 'ख'बाट प्रत्यक्ष निर्वाचित सांसद हुन ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...