×

NMB BANK
NIC ASIA

जग्गा नपाएपछि सेनाले छोड्यो १८ वर्षपछि कोल्टी

बैशाख १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बाजुरा – नेपाली सेनाको टोली कोल्टी छोडेर अछाम फिर्ता गएकोे छ । सेनाको ब्यारेक राख्ने उचित स्थान नपाएपछि सेना १८ वर्षपछि कोल्टी छोडेर फर्किएको हो ।

Muktinath Bank

ब्यारेक राख्ने जमिन उपलब्ध गराउन सेनाले स्थानीयलाई आग्रह गरेपनि उपयुक्त जमिन नभेटिएपछि अछाम फर्किएको सेनाको भनाइ छ । पुरानो ब्यारेक बसेको स्थान बस्नलायक नभएको र वर्षात्को समयमा असुरक्षित भएकाले अर्को स्थानमा ब्यारेकका लागि जमिन दिन माग गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेनाको गुल्म गएको ३ वर्षदेखि कोल्टी गाउँको जिउलामा रहेको सामुदायिक विद्यालयमा बस्दै आएको थियो । स्थानीय राजनीतिक दलदेखि अन्य निकायसँग निरन्तरताको पहल गरिएपनि असफल भएको दाबी सेनाको छ । सेनाको टोली कोल्टीबाट सोमबार अछाम फिर्ता भएको हो । 


Advertisment
Nabil box
Kumari

ब्यारेक कोल्टीमै राख्न सामाजिक सञ्जालदेखि अन्य क्षेत्रबाट दबाब भएपनि राजनीतिक दल, नगरपालिका र स्थानीय अगुवाले बेवास्ता गर्दा फिर्ता गएको नागरिक अगुवा लक्ष्मण जोशीले बताए ।

Vianet communication
Laxmi Bank

कोल्टीमा रहेको भवानी बक्स गुल्म अछामको गणमा गएको हो । भवानी बक्स गण अछामका प्रमुख सेनानी लोचन कार्कीले भने त्यहाँ अब गुल्म राख्नुपर्ने आवश्यक नरहेकाले अछाम फिर्ता बोलाइएको बताए ।

पहिले बस्दै आएको ब्यारेक क्षेत्र प्राकृतिक रुपमा सुरक्षित नरहेको भन्दै नेपाली सेनाको प्राविधिक टोलीले नबस्न भनेपछि वैकल्पिक व्यवस्था नहँुदासम्म ३ वर्षदेखि बूढिनन्दा क्याम्पसको भवनमा भवानी बक्स गण ‘क’ बस्दै आएको थियो । 

लामो समयदेखि विद्यालयको भवनमा बस्न नसक्ने अवस्था आएपछि सेनाको मुख्यालयले फिर्ता बोलाएको भवानी बक्स गुल्म कोल्टीका सेनानी हरिरामकुमार श्रेष्ठले जानकारी बताए । सेना कोल्टीमा २०७१ सालदेखि बस्दै आएको थियो ।

शान्ति सुरक्षादेखि विपद् व्यवस्थापनका सेनाले खेल्ने भूमिका उच्च रहने हुँदा जिल्लामा रहनुपर्ने दबाब स्थानीयको थियो । कोल्टी क्षेत्रका चारवटा स्थानीय तहलाई लक्षित गरेर सेना आवश्यक हुने दाबी स्थानीयको छ । जिल्लामा विमानस्थल पनि भएकाले उच्चपदस्थ पदाधिकारीको सुरक्षा सहजताका लागि समेत सेना राख्नुपर्ने उनीहरूको भनाइ छ । 

बूढिनन्दा नगरपालिकाका उपप्रमुख सृष्टी रेग्मीले भने जग्गाको समस्याले नभई सेनाले नै बस्न नचाहेको बताइन् । ‘रक्षा मन्त्रालयलाई समेत जग्गा उपलब्ध गराएर सेनालाई यथावत् गर्न आग्रह गरिएपनि गुल्म नबसेको हो,’ उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x