कास्कीमा १४ थान हतियार बुझाइए

प्रतिकात्मक तस्वीर
बैशाख १०, २०७६

पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीमा १४ थान हतियार बुझाइएको छ ।

गृह मन्त्रालयबाट इजाजत नलिएका, नवीकरण नगरिएका र हकवालाबाट नामसारी नगरिएका त्यस्ता हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि सम्बन्धित व्यक्तिले सो संख्याका हतियार बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङले बताए ।


ADVERTISEMENT

हकवालाले बुझाएका हतियारमा अधिकांश भरुवा बन्दुक रहेका छन् । तीमध्ये चारवटा इजाजत नभएका र अरूको इजाजत नवीकरण नगरिएको उनको भनाइ थियो ।

बैशाख १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार