नाइजेरियामा एक प्रहरीले भीडमाथि चलाए कार, १० जनाको मृत्यु

बैशाख १०, २०७६

काठमाडौं – नाइजेरियामा आइतवार अबेर राति एक प्रहरीले बालबालिकाको समूहमाथि कार कुदाउँदा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । ईस्टर पर्व मनाइँदै गरिँदा यो घटना भएको एएफपी समाचार संस्थाले जनाएको छ । 

एएफपीले कुराकानी गरेका प्रहरी स्रोतका अनुसार, क्रुद्ध भीडले दोषी प्रहरीलाई कुटीकुटी मारेका छन् । घटना हुँदा ती प्रहरी ड्युटीमा थिएनन् । 


ADVERTISEMENT

उक्त प्रहरीका साथै एक सांसद मारिएको प्रहरी प्रवक्ता मेरी माल्लुमले एएफपीलाई बताइन् । 

सडक ब्लक हुँदाखेरी रिसाएका प्रहरीले जानीजानी भीडमा कार लगेर जोतेको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । 

‘कारचालकले सडकमा रहेका बालबालिकासँग बाझाबाझ गरेका थिए । रिसको सुरमा उनले बालबालिकामाथि कार गुडाए,’ बोइज ब्रिगेडका प्रमुख आइज्याक क्वाडाङले बताए । 

घाइते बालबालिकालाई अस्पताल लगिएको र घटनाको अनुसन्धान भइरहेको माल्लुमले बताइन् ।

एजेन्सी

बैशाख १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार