सिटिजन्सद्वारा हिमाल हस्पिटलमा एटीएम सञ्चालन

बैशाख १०, २०७६

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलमा एटीएम सेवा शुभारम्भ गरेको छ ।

बैंकको १२ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोक विक्रम थापाले संयुक्त रूपमा एटीएम सेवाको उद्घाटन गरेका हुन् । यसले गर्दा हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।


ADVERTISEMENT

यस बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिक सम्ममा ६८ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरी सोही अवधिभित्र १ अर्ब ४९ करोड १४ लाख सञ्चालन मुनाफार १ अर्ब ६ करोड खुद नाफाआर्जन गरेको छ । 

'योर पार्टनर फर प्रोग्रेस' भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्‍याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ ईकाइहरूबाट करीब चार लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । 

बैशाख १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार