रसुवाको टिमुरेमा ७ किलो सुनसहित एक पक्राउ

फाइल फोटो
बैशाख १०, २०७६

रसुवा-  रसुवाको टिमुरे नाकाबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ७ किलो सुन प्रहरीले बरामद गरेको छ । 

मंगलवार बिहान ना ६ ख ९०६८ नम्बरको ट्रक कन्टेनरमा सात केजी सुन फेला परेको हो । 


ADVERTISEMENT

भन्सार जाँचपास क्रस गरेर नेपाल भित्रिने क्रममा अवैध सुन बरामद गरिएको प्रहरीले बताएको छ ।  

रसुवा जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर ईश्वरीप्रसाद भण्डारीका अनुसार थप अनुसन्धान भइरहेको छ । 

'अहिले हाम्रो प्रहरी टोली त्यहीँ छ । यसबारेमा थप अनुसन्धान भइरहेको छ,' भण्डारीले लोकान्तरलाई भने । 

बैशाख १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार