‘वलात्कार’ आरोपमा समातिए २६ वर्षीय युवा

बैशाख १०, २०७६

गुल्मी-सुनार गाउँपालिका ६ गैरीखुट्टा बस्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छत्रकोट गाउँपालिका ५ केवल बस्ने २६ वर्षीय अनिल सुनारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खर्ज्याङ र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।  


ADVERTISEMENT

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

बैशाख १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार