राजधानीमा भूकम्पको कडा झड्का

बैशाख ११, २०७६

काठमाडौं– राजधानीलगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । धादिङको नाैबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

०७२ बैशाख १२ गते शक्तिशाली भूकम्प आउँदा ८ हजारबढीको ज्यान गएको थियो । त्यसको ४ वर्ष पुग्न १ दिन बाँकी रहँदा भूकम्पको धक्का आउँदा राजधानीबासी त्रसित देखिएका छन् । 
भूकम्पको धक्कासँगै राजधानीबासी त्रसित हुँदै घरबाहिर निस्किएका थिए । 
 


ADVERTISEMENT

 

बैशाख ११, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस