१२ मिनेटको फरकमा दुई भूकम्पको झड्का, राजधानीबासी त्रसित

बैशाख ११, २०७६

काठमाडौं– १२ मिनेटको फरकमा राजधानीमा दुई वटा भूकम्पको धक्का महसुश भएको छ । 

बुधबार बिहान ६ बजेर २९ मिनेट जाँदा पहिलो भूकम्पको धक्का महसुश भएकोमा त्यसको १२ मिनेटपछि ६ बजेर ४१ मिनेटमा फेरि अर्को धक्का गएको हो । 


ADVERTISEMENT

पहिलाे भूकम्प धादिङको नाैबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रिक्टरस्केलको  गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  यस्तै अर्काे पराकम्प ४‍‍.३ रिक्टर आसपासकाे रहेकाे केन्द्रले जनाएको छ ।

०७२ बैशाख १२ गते शक्तिशाली भूकम्प आउँदा ८ हजारबढीको ज्यान गएको थियो । त्यसको ४ वर्ष पुग्न १ दिन बाँकी रहँदा लगातार दुई वटा भूकम्पको धक्का आउँदा सर्वसाधारण त्रसित देखिएका छन् । 

भूकम्पको धक्कासँगै राजधानीबासी त्रसित हुँदै घरबाहिर निस्किएका थिए । 

भूकम्पको धक्का राजधानीसहित धादिङ, नुवाकोट, गोरखा, कमवानपुरलगायतका जिल्लामा महसुश भएको जनाइएको छ । अहिलेसम्म भूकम्पबाट कुनै भौतिक र मानवीय क्षति भएको जानकारीमा आएको छैन ।

बैशाख ११, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस