कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
बैशाख ११, २०७६
काठमाडौं – श्रीलंकामा आइतवार भएको शृंखलाबद्ध विस्फोटका विषयमा रक्षा राज्यमन्त्री रुवान विजयवर्दनेले सुरक्षा व्यवस्थामा चुक भएको स्वीकार गरेका छन् ।
उनका अनुसार, सुरक्षा निकायहरूको प्रमुखलाई हटाउने र नयाँ ल्याउने विषयमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रयास थालेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीबीचको खिचातानी र तालमेलको कमीका कारण यति ठूलो घटना हुन पुग्यो ।
विजयवर्दनेले पत्रकार सम्मेलनमा भने, ‘न्युजील्यान्डको क्राइस्टचर्चमा भएको गोलीकाण्डको प्रतिशोध लिन यो घटना गराइएको सम्भावना जासूसी संस्थाहरूले देखाएका छन् । आत्मघाती आक्रमणकारीमध्ये अधिकांश शिक्षित थिए र
मध्यम तथा उच्चमध्यम वर्गबाट आएका थिए । त्यसैले उनीहरू आर्थिक रूपमा त समर्थ थिए । एक आक्रमणकारीले बेलायतमा पढाइ गरेका थिए र श्रीलंका आउनुअघि अस्ट्रेलियामा स्नातकोत्तर गरेका थिए ।’
घटनाका सम्बन्धका पक्राउ परेका ६० जना सबै श्रीलंकाली भएको प्रहरी प्रवक्ता गुणशेखराले बताए ।
पक्राउ परेका ३२ जना आपराधिक अनुसन्धान विभागको हिरासतमा छन् । इस्लामिक स्टेटले यी घातक आक्रमणको जिम्मेवारी लिएको छ र आक्रमण गराउने आत्मघातीको पहिचान पनि उजागर गरेको छ ।
एजेन्सी
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...