दक्षिण अफ्रिका : बाढीपहिरोमा परी ५१ जनाको मृत्यु

बैशाख ११, २०७६

काठमाडौं – दक्षिण अफ्रिकाको डर्बन शहर तथा क्वाजुलु–नटाल प्रान्तमा बाढी र पहिरोका कारण कम्तीमा ५१ जना मारिएको अधिकारीहरूले जनाएका छन् । 

राष्ट्रपति सिरिल रामाफोसाले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । 


ADVERTISEMENT

विगत केही दिनयता भइरहेको भीषण वर्षाका कारण देशका दक्षिणी र पूर्वी भागमा निकै क्षति पुगेको छ । 

तटीय क्षेत्रहरूका थप बाढी र कडा हावा चल्ने अपेक्षा गरिएको छ अनि मौसम थप बिग्रने चेतावनी जारी गरिएको छ । 

उक्त क्षेत्रका केही तस्वीरमा सडकहरू क्षतिग्रस्त भएको र भवनहरू भत्किएको देखिएको छ । 

प्रान्तीय मन्त्री नोमुसा डुबे–न्कुबेले एसएएफएम रेडियोलाई बताएअनुसार, अधिकारीहरूले क्षतिको आाकलन गरिरहेका छन् । 

प्रभावित क्षेत्रबाट मानिसहरूलाई हटाउन सकिने उनले बताइन् । 

दर्जनौं मानिसलाई अस्पताल लगिएको छ र खोजी तथा उद्धार टोलीले भत्किएका भवनबाट मानिस जीवितै भेटिनसक्ने आशामा खोजी गरिरहेका छन् ।

बीबीसीबाट

बैशाख ११, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार