×

NMB BANK
NIC ASIA

मुख्य समाचार

४ वर्षमा ४५ हजार परकम्प, न्यायाधीश नियुक्ति सच्याउन माग

बैशाख १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– विनाशकारी भूकम्प गएको बिहीबार चार वर्ष पूरा भएको छ । उक्त भूकम्पमा परी ८ हजार बढीले ज्यान गुमाउनु परेको थियो । गोरखा केन्द्रबिन्दु भएको पहिलो भूकम्प ०७२ बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गएको थियो ।
दोस्रो भूकम्प भने बैशाख २९ गते दिउँसो १२ बजेर ५० मिनेट जाँदा गएको थियो । पहिलो भूकम्प ७ दशमलव ८ रेक्टर स्केलको थियो भने दोस्रो ७ दशमलव ३ रेक्टर स्केलको थियो । भूकम्प गएपछि पनि धेरै दिनसम्म कम्पन आउने क्रम जारी थियो र अहिलेसम्म पनि सोको परकम्प आउने क्रम जारी नै छन् । 

Muktinath Bank

भूकम्पको ४ वर्ष बित्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घरपरिवार मध्ये ६ लाख १२ हजार ९३५ घर पुनर्निर्माणको प्रक्रियामा सहभागी रहेको प्राधिकरणले जनाएको छ । 
यस्तै ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २७७ परिवारले घर बनाइसकेका काछन् । 


Advertisment
Nabil box
Kumari

 राष्ट्रिय प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले ३० प्रतिशत अर्थात २ लाख ३० हजार ५५८ परिवार निजी आवास पुनर्निर्माणको क्रममा रहेको जानकारी दिए । 

Vianet communication
Laxmi Bank

यस्तै भूकम्पबाट ७ हजार ५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएको छ । 

यस्तै स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक महत्वको सम्पदातर्फ ५९ प्रतिशत, सुरक्षा निकायका भवनहरु ५६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ । 

प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनाको कार्यहरु सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौति वित्तीय व्यवस्थापन देखिएको जनाएको छ । 

पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा समग्र लागत ९ खर्ब ३८ अर्ब आँकलन गरिएकोमा आर्थिक वर्ष ०७४–०७५ मा कूल १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ । यस्तै चालू आर्थिक वर्षमा जम्मा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको सीईओ ज्ञवालीले जानकारी दिए ।  

पुनर्निर्माण कार्य सम्पन्न गर्न करीब ४ खर्ब २९ अर्ब थप रकम आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । 
एकैदिन ३ वटा भूकम्प

बुधवार दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे केन्द्रबिन्दु बनाएर ३.९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

सोअघि बिहान ६ बजेर २९ मिनेटमा ५.२ र ६ बजेर ४१ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो । 

यसैबीच गोरखा भूकम्पपछि चार वर्षमा ४५ हजार परकम्प आएका छन् । 

खानी तथा भूगर्भ विभागका महानिर्देशक एवम् भूकम्पविद् डा सोमनाथ सापकोटाका अनुसार ०७२ बैशाख १२ गतेको भूकम्पले मर्स्याङदीदेखि सुनकोसी नदीसम्मको जमिनभित्र हल्लाएर धाँजाधाँजा पारेका थियो । अहिले तीनै स्थानमा परकम्प गइरहेका हुन् । नेपालमा १९९० र २०४५ सालको भूकम्पपछि पनि धेरैवर्षसम्म परकम्प गइरहेको थियो । 

राष्ट्रपति चीनतिर, उपराष्ट्रपतिलाई राष्ट्रपतिको कार्यभार
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिने गरी तोकेकी छिन् । 

    राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार राजकीय भ्रमणको सिलसिलामा चीनको सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरेकी छिन् । 
 राष्ट्रपतिको अनुपस्थितिमा उनबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । भण्डारी बैंशाख १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 
बस दुर्घटना
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा बुधबार बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ ख १८३१ नम्बरको बस डडेल्धुराको साहुँखर्कमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा परी मृत्यु हुनेमा बझाङ केदारस्यु गाउँपालिका बस्ने नरेश गुर्धामी, सोही गाउँपालिकाका कलशीदेवी गुर्धामी, हरुली बोहरा, बझाङ तल्कोट–४ बस्ने धनबहादुर घर्ती तथा भारतको बिहार बस्ने मोहमद नासिर रहेकोे डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
बस सडकबाट ६० मिटर तल खसेको र ओभर लोड हुँदा बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने ट्राफिक प्रहरी पोष्ट स्याउलेकोे अनुमान रहेको छ ।

घुस लिन ‘एजेन्ट’ खटाउने नायव सुब्बा पक्राउ
काठमाडौं– घुस लिन ‘एजेन्ट’ परिचालन गरेर असुली धन्दा चलाउँदै आएका एक नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । 

जिल्ला प्रशासन कार्यालय, इलाममा कार्यरत नायव सुब्बा विनोद विसीलाई  अख्तियारले पक्राउ गरेको हो । 
उनले अह्राए बमोजिम युवा स्वरोजगार कार्यक्रमका स्वयमसेवक भानुभक्त आचार्यले जिल्ला प्रशासन कार्यालयका हराएको पासपोर्टको प्रतिलिपि निकाल्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । 
जसअनुसार आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले आचार्यलाई सेवाग्राहीसँग छ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेर घुस लिन अह्राउने विसीलाई पनि जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

ताम्राकारको अन्त्येष्टि
पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रामकृष्ण ताम्राकारको बुधबार पशुपति आर्यघाटमा शास्त्रीय विधिअनुसार अन्त्येष्टि गरिएको छ ।

 पार्टी सभापति शेरबहादुर देउवाले  पार्टीको झण्डा ओढाइ उनको अन्तिम विदाइ गरेका थिए । 
    पार्टीका पूर्वकोषाध्यक्षसमेत रहिसकेका ७५ वर्षीय ताम्राकारको मङ्गलबार उपचारका क्रममा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो । स्व ताम्राकारका श्रीमती एक छोरा र एक छोरी छन् । 

न्यायाधीश नियुक्ति सच्याउन माग
सर्वोच्च अदालतको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले सर्वोच्च अदालत र उच्च अदालतमा गरिएको न्यायाधीश नियुक्ति सच्चाउन माग गरेको छ । युनियनका अध्यक्ष प्रकाश पराजुलीले जारी गरेको प्रेस विज्ञप्तिमा असक्षम, अयोेग्य र कनिष्ठलाई न्यायाधीश नियुक्ति गरेको भन्दै निर्णय सच्चयाउन माग गरिएको छ ।

    न्याय परिषद्ले सर्वोच्च र उच्च अदालतमा सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ गरी २३ न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । सबै न्यायाधीशले काम समेत शुरु गरिसकेका छन् । 
 युनियनले आफ्ना माग पूरा नभए चरणवद्ध आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।  अन्य मागमा २०७५ साउन महीनादेखि अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, सेवाग्राहीको समयमा सेवा पाउने अधिकारलाई ग्यारेन्टी गर्न साप्ताहिक÷दैनिक कजलिष्टमा मुद्दाको ज्येष्ठताको आधारमा सुनुवाइ हुने निश्चित गर्नुपर्ने, कार्यालय समय १०–५ गर्नुपर्ने लगायत रहेका छन् । 

प्रचण्डको भनाई
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताएका छन् ।   उनले  नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएकाले चाँडै कमिटी पूर्ण हुने  बताए ।  यस वर्ष पार्टीको सङ्गठन सुदृढीकरण र शुद्धीकरणको हिसाबले महत्वपूर्ण काम हुने उनले बताए । 

नेपालद्वारा मलेशिया पराजित
थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ । 

    थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा म्यान्मालाई सात विकेटले पराजित गरेको थियो । 

    जितसँगै समूह ए मा रहेको नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ । नेपाल साविक विजेतासमेत हो । अघिल्लो संस्करणको खेलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि हासिल गरेको थियो । 

    
पौडीमा गौरिकाको १२ स्वर्ण
आठौँ  राष्ट्रिय खेलकूद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले  प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी हुन् ।  

    उनले धेरै मेहनतपश्चात् प्रतियोगितामा १२ स्वर्ण पदक जित्न सफल भएको बताइन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x