मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं – कार्यालयमा राम्ररी काम गरेर दिन बित्छ र स्पष्ट दिमागका साथ काम गर्न सक्नुहुन्छ कि तनाव र व्याकुलताका कारण खराब दिन बिताउनुहुन्छ ? यी दुई परिस्थितिमा जम्मा १६ मिनेटको निद्राको अन्तर हुन्छ ।
वैज्ञानिकहरूको अध्ययनमा यही कुरा देखिएको छ ।
स्लीप हेल्थ नामक जर्नलमा प्रकाशित अध्ययनमा लेखिएअनुसार, कार्यालय खुल्ने दिनमा तपाईं कम सुत्नुुभयो भने काममा नकारात्मक असर पर्न सक्छ ।
साउथ फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले १३० जना स्वस्थ कर्मचारीमाथि गरेको एक सर्वेक्षणले यो कुरा देखाएको हो । आईटी सेक्टरमा ती कर्मचारी काम गर्छन् । तिनको एउटा स्कूल जाने उमेरको बच्चा समेत थियो ।
सर्वेक्षणमा भाग लिएका सहभागीहरूले आफू हरेक दिन १६ मिनेट मात्र कम सुत्दा पनि वा राति राम्रो निद्रा नपर्दा पनि भोलिपल्ट कार्यालयमा उनीहरूको दिमागै राम्ररी नचल्ने स्थिति रहन्थ्यो ।
निद्राको कमीका कारण उनीहरूको तनावको स्तर बढ्दा काम र जीवनको सन्तुलनमा असर परिरहेको थियो । यी सबै कारणले गर्दा उनीहरू थकान अनुभव गर्छन् र समयअगावै उठ्छन् ।
विश्वविद्यालयकी सहायक प्राध्यापक सुमी ली भन्छिन्, ‘अध्ययनले कर्मचारीहरूलाई सुत्न प्रोत्साहित गर्न कार्यालयहरूलाई सुझाव दिएको छ । पूरा निद्रामा रहने मानिसले भोलिपल्ट कार्यालयमा राम्रो काम गर्न सक्छन् । उनीहरू काममा ध्यान केन्द्रित गर्न सक्छन् र गल्ती पनि कमै गर्छन् ।’
एजेन्सी
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...