×

NMB BANK
NIC ASIA

समाजसेवामा कलाकार

धुर्मुस–सुन्तलीको यात्रालाई नै ‘टर्न’ गर्ने भूकम्प, त्यसपछि जन्मियो फाउन्डेसन !

बैशाख १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – २०७२ वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प जाँदा हाँस्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) कार्यक्रमको शिलशिलामा अमेरिकामा थिए । 

Muktinath Bank

अमेरिकाको एक राज्यमा कार्यक्रम सकेर भोलिपल्ट बिहानै अर्को राज्यमा जाने उनीहरूको तयारी थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भोलिको योजना बनाएर उनीहरू सुतिसकेका थिए । दिनभरको कार्यक्रमले थकित धुर्मुस–सुन्तली निदाएको १ घण्टा पनि पुगेको थिएन । कुञ्जनाको मोबाइलमा आएको फोनले ब्यूझिए ।


Advertisment
Nabil box
Kumari

अस्ट्रेलियामा रहेकी बहिनीले नेपालमा भूकम्प गएको जानकारी दिन कुञ्जनालाई फोन गरेर दिइन् । ‘नेपालमा ठूलो भूकम्प गयो रे ! धरहरा पनि ठल्यो रे ! सबै तहसनहस भयो रे ! भनेर बहिनीले भनेपछि हामी धेरै आत्तियौं,’ लोकान्तरसँगको कुराकानीमा सीतारामले सम्झिए ।

Vianet communication
Laxmi Bank

धुर्मुस–सुन्तली जोडीको मन साह्रै आत्तियो । दुवैले नेपालमा रहेकी सानी छोरी सम्झिए, परिवार सम्झिए, घर परिवारका सदस्यबारे जानकारी लिन आतुर भए । टेलिभिजनमा भूकम्पले काठमाडौं तहसनहस भएको दृश्य प्रसारण भइरहेका थिए । उनीहरू नेपालमा फोन सम्पर्क गरिरहे तर सम्पर्क हुन सकिरहेको थिएन ।

सीताराम सम्झन्छन्, ‘धेरै समयपछि बल्ल फोन लाग्यो र परिवारका सबै सदस्य सुरक्षित रहेको जानकारी पाएपछि बल्ल ढुक्क भयौं ।’ तर मानिसले ज्यान गुमाएका, घाइते भएका, धरहरा, घर लगायतका संरचना ढलेका कहालीलाग्दा दृश्य देखेर मन पोलिरहेको थियो ।

‘भूकम्पका ती दृश्यले हामीलाई झक्झकाएको थियो । जसले हामीलाई धुर्मुस–सुन्तली बनाउनुभयो, आज उहाँहरू पीडामा रहेको अवस्थामा हाम्रो उपस्थिति नै उहाँहरूका लागि राहात हुन्छ भन्ने लाग्यो,’ ४ वर्षअघिको कुरा सम्झिँदै सीतारामले लोकान्तरसँग साटे ।

अमेरिकामा रहँदै उनीहरूले सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपिल गरे, लगत्तै भूकम्प पीडितको सेवामा जुट्नुपर्छ भन्ने सोचले अमेरिकाको १ महिनाको कार्यक्रम स्थगित गरेर स्वदेश फर्किए ।

नेपाल आएपछि परिवार आफन्तलाई भेटे । सोही दिन साँझबाटै भूकम्पपीडितको उद्धार तथा राहतका लागि छलफल गरे । भोलिपल्ट दुवै जना राहत सामाग्री लिएर नुवाकोट पुगे ।

त्यसपश्चात् विभिन्न जिल्लामा चर्पी निर्माण, विद्यालय निर्माण गर्दै एकीकृत नमूना बस्ती निर्माणको अवधारणा अन्तर्गत रातदिन भूकम्प पीडितको उद्धार र राहातमा अथवा बस्ती विकासमा अगाडि बढे । 

सामाजिक संस्थामार्फत काम गर्न धुर्मुस–सुन्तली फाउन्डेसन स्थापना गरियो । अहिले पनि दुवै धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत समाज सेवामा सक्रिय छन् । 

कहिले बाढीपीडितको उद्धार तथा राहातमा पुगे त अस्ती भर्खर बारा–पर्सामा आँधीहुरी प्रभावितको उद्धार तथा राहातमा पनि सक्रिय रहे । धुर्मुस–सुन्तली फाउन्डेसनले अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्दैछ ।

आज बिहीवार भूकम्प गएको ठीक ४ वर्ष पूरा भएको छ, जुन घटनाले कलाकार जोडीको यात्रालाई नै ‘टर्न’ गरिदियो । आज उनीहरू कलाकारिता कम, सामाजिक काममा बढी सक्रिय छन् ।
सीताराम र कुञ्जनालाई सरकारले २०७१ सालमा सरसफाई दूत बनाएको थियो । उनीहरू सरसफाईका काममा सक्रिय भएर अगाडि बढिरहेका थिए । तर भूकम्पपछि उनीहरूले कलाकारितालाई केही पर धकेलेका छन् । 

सीताराम भन्छन्, ‘भूकम्प नगएको भए सायद हाम्रो फाउन्डेसन जन्मिने थिएन । संस्थागत रुपमा सामाजिक काममा सक्रिय हुने थिएनौं होला ।’

सीताराम त्यो कहालीलाग्दो भूकम्पले नेपालीलाई ठूलो पाठ सिकाएको बताउँछन् । ‘हामी सबैको हैसियत समान हो । लोभ, डाहा गरेर हुँदैन भन्ने पाठ सिकायो,’ उनी थप्छन्, ‘भूकम्पले जनधनको क्षति त गर्‍यो तर अब सचेत हुनुपर्छ । विकासप्रेमी हुनुपर्छ भन्ने पाठ पनि सिकायो ।’ 

तर घटना सेलाउँदै गएपछि मानिसहरूले ती कुरा बिर्सिदै पुनः स्वार्थको पछाडि दौडिने प्रवृत्तिप्रति भने चिन्ता लाग्ने सीताराम बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x