‘राइनो ५०० डी’ले सम्पन्न गर्‍यो निर्माणकर्मी सम्मेलन

बैशाख १३, २०७६

काठमाडौं : शंकर ग्रुपको उत्पादन राइनो ५०० डीको आयोजनामा निर्माणकर्मीहरू समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यका साथ एक बृहत् अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम “हाम्रो विश्वास राइनो डक्टिलिटी” भन्ने मूल सन्देशको साथ शुक्रवार वीरगञ्जमा आयोजना गरिएको थियो । 

उक्त कार्यक्रममा  १५० प्लस उपस्थित निर्माणकर्मीहरू माझ राइनो फलामे छडको प्राविधिक पक्षको विस्तृत जानकारी सहितको प्रस्तुतिकरण पेश गरिएको थियो । 


ADVERTISEMENT

उक्त उत्पादनको बारेमा बोल्ने क्रममा राइनो स्टील्स्का ब्राण्ड म्यानेजर निरज बानियाले फलामे छडको इतिहास, उत्पादन प्रक्रिया र साथमा कसरी यसको उत्पादन प्रक्रियाले छडको गुणस्तर निर्धारण गर्दछ भन्ने कुरा विस्तृत रूपमा बुझाए ।

रासायनिक  तथा यान्त्रिक गुणले कसरी फलामे छडको ग्रेड (स्तर) र गुणस्तरमा प्रभाव पार्दछ भन्ने कुराको पनि थप जानकारी उनले दिएका थिए ।

त्यसैगरी कम्पनीले हालै सुरुवात गरेको ‘हाम्रो विश्वास राइनो डक्टिलिटी’ नामक फलामे छडको डक्टिलिटी (लचकता) सम्बन्धी नयाँ जनचेतना अभियानका बारेमा पनि उपस्थित महानुभवहरू समक्ष अद्यावधिक गराइयो । 
हाल यस अभियान देशभर तीव्र रूपमा सञ्चारका सम्पूर्ण माध्यममार्फत् जारी छ । 

निर्माणकर्मी तथा निर्माण व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रममा आयोजक समूहले उपस्थित सहभागीहरूसँग अन्तरक्रिया गर्नुको साथै उनीहरूको लागि विभिन्न रमाइलो खेल लगायतका मनोरञ्जनात्मक प्रस्तुति पनि पेश गरेका थिए । 

आयोजक कम्पनीले यस किसिमका अन्तरक्रियात्मक कार्यक्रमहरू आगामी दिनहरूमा पुनः आयोजन गर्ने जनाएको छ ।   

बैशाख १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस