कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान साढे २७ प्रतिशत, सेवा क्षेत्रको सबैभन्दा बढी

बैशाख १३, २०७६

काठमाडौं– चालू आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान साढे २७ प्रतिशत रहने भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले गरेको प्रक्षेपण अनुसार चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा कृषि तथा वन मत्स्य र खानी तथा उत्खनन् क्षेत्रको योगदान २७ दशमलव ५९ प्रतिशत रहने भएको हो ।


ADVERTISEMENT

‘आर्थिक वर्ष २०७५/०७६ को राष्ट्रिय लेखा तथ्याङ्क’ शुक्रवार सार्वजनिक गर्दै तथ्याङ्क विभागले चालू आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा क्षेत्रगत योगदान सार्वजनिक गरेको हो । सो अनुसार निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी क्षेत्रको योगदान ८ दशमलव १० प्रतिशत रहने छ ।

चालू आर्थिक वर्षमा थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात, सञ्चार लगायतका सेवा क्षेत्रको योगदान सबैभन्दा बढी रहेको प्रक्षेपण तथ्याङ्क विभागले गरेको छ ।

विभागका अनुसार कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ५७ दशलमव ८१ प्रतिशत रहने भएको छ । चालू आर्थिक वर्षको सातदेखि नौ महिनाको आंकडालाई विश्लेषण गर्दै सो प्रक्ष्येपण गरिएको विभागले जानकारी दिएको छ ।

बैशाख १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार