प्रताप पौडेललाई अन्तर्राष्ट्रिय युवा नेतृत्व अवार्ड

बैशाख १३, २०७६

काठमाडौं– नीति निर्माण, लोकतन्त्र र मानवअधिकारका क्षेत्रमा लामो समयदेखि क्रियाशिल युवा अध्येता प्रताप पौडेललाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ ।  

ग्लोबल युथ पाल्र्यामेन्टले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नीति अनुसन्धान तथा मानव अधिकार क्षेत्रमा उल्लेख्य योगदान दिएको भन्दै उदीयमान युवाका रुपमा पौडेललाई “ग्लोबल युथ लिडरसिप अवार्ड” प्रदान गरेको हो ।  


ADVERTISEMENT

विभिन्न क्षेत्रमा छोटो समयमै उल्लेख्य योगदान दिएका झण्डै दुई दर्जन देशका युवाहरुसँगै नेपालको तर्फबाट पौडेललाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । 

अवार्ड प्रदान कार्यक्रममा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, पुर्व अर्थ मन्त्री डा. रामशरण महत र विभिन्न अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरुले युवा अध्येता पौडेललाई संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए । 

पौडेलले तत्कालिन स्वास्थ्य मन्त्री गगनकुमार थापाको प्रमुख सल्लाहकारका रुपमा नेपालको स्वास्थ्य क्षेत्रको नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । संसदीय समिति मार्फत् कृषी र उर्जा सम्वन्धी नीति निर्माणमा पनि उनले योगदान गरेका छन् । 

पब्लिक पोलिसी पाठशालाका अध्यक्ष, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनल नेपालका पुर्व उपाध्यक्ष समेत रहेका पौडेल मानव अधिकार तथा शान्ति समाजलगायतका दर्जनौ संस्थामा आवद्ध रही लामो समयदेखि लोकतन्त्र र मानव अधिकार आन्दोलनमा सक्रिय छन् ।


 

बैशाख १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार