×

NMB BANK
NIC ASIA

उपमेयरमाथि दोष थोपर्दै विद्या सुन्दरले भने- खुलामञ्चमा बनाइएको संरचना भत्काउँछौं

बैशाख १३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं - काठमाडौं महानगरपालिका पुरानो रत्नपार्क, शहीद मञ्चमा अतिक्रमण गरी खडा गरिएको संरचना भत्काउने पक्षमा देखिएको छ ।  काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानसहितको टोलीले आज दिएको ध्यानाकर्षणपत्र बुझ्दै कामपा प्रमुख शाक्यले अतिक्रमण गरी बनाइएको सबै संरचना भत्काउने तयारी भइरहेको स्पष्ट पारे ।

Muktinath Bank

कमपाले नै उक्त सटर निर्माण गर्न अनुमति दिएको जनाउँदै ध्यानाकर्षण पत्रमा भनिएको छ, “सार्वजनिक रुपमा राखिएको व्यावसायिक सटरहरु तत्काल हटाउनुपर्छ सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ । ” प्रमुख शाक्यले ‘खुला मञ्च’ को समस्या समाधान गर्न उपप्रमुखले असहयोग गरेको जिकिर गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत चैत २४ गते भएको नगरसभामा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उपप्रमुख हरिप्रभा खड्गीलाई उक्त संरचनाबारे स्थलगत जानकारी लिन आग्रह गरे पनि नमानेपछि अहिले उनीहरूबीच विवाद चुलिएको बताइएको छ  ।


Advertisment
Nabil box
Kumari

प्रमुख शाक्यले उपप्रमुख खड्गीले खुलामञ्चमा राजनीति गरिरहेको आरोप लगाउँदै भने, “अनुगमन संयोजक उपमेयर भएको हिसाबले कानूनी रुपमा नै उपमेयरलाई अनुगमनको जिम्मा रहेको छ । खुला मञ्चमा केही समयका लागि बसपार्क राख्न दिइएको हो, त्यो पनि म निर्वाचित भएर आउनुअघि नै हो, जे भए पनि ती संरचना भत्काइन्छ ।”

Vianet communication
Laxmi Bank

प्रमुख/उपप्रमुख विवाद

उपप्रमुख खड्गीले भने आफूलाई प्रमुखले आधिकारिक रूपमा खुलामञ्चको अनुगमन गर्ने जिम्मा नदिएको र फोनमा त्यस स्थानमा के भएको रहेछ बुझ्नुस् मात्रै भनेको बताइन् ।

नगरसभाको केही दिनपछि केही सटर बनिरहेको र केहीमा पसलसमेत सञ्चालन भइरहेको बारे प्रमुखलाई भन्दा त्यति चासो नदिएको उपप्रमुखको आरोप छ ।

उपप्रमुख खड्गीले भनिन्, “आज आधिकारिक रूपमा चिठ्ठी पाएको छु, आगामी आइतबार बैठक बसी अनुगमन शुरू गरिन्छ ।” 

राजधानीको खुलामञ्च अतिक्रमण गरी बनाइएका सटर तथा स्टल यही वैशाख मसान्तसम्म हटाउन स्थानीयवासीले कामपालाई समयावधि दिएका छन् ।  ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले सम्झौता विपरीत अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएपछि स्थानीयवासी आन्दोलित बनेका हुन् ।  यसै विषयलाई लिएर स्थानीयवासीले बिहीबार विरोध प्रदर्शनसमेत गरे ।

हाल काठमाडौं भ्यू टावर निर्माण गरिरहेको उक्त बिल्डर्सले खुलामञ्च अतिक्रमण गरेर ४० भन्दा धेरै सटर बनाई भाडामा लगाएको छ । ठाउँ उपलब्ध गराएवापत कम्पनीले प्रत्येक व्यापारीबाट प्रतिसटर रु १५ लाखसम्म उठाएको छ ।  खुलामञ्चसँगै रहेको दुईमाजू गुठीको करीब एक रोपनी जग्गा पनि अतिक्रमण गरी व्यापारिक प्रयोजनमा लगाइएको पुष्टि भएको छ ।

कामपका प्रवक्ता ईश्वरमान डङ्गोलले यसरी सार्वजनिक जग्गा व्यावसायिक प्रयोजनमा प्रयोग हुनु दुःखको विषय हो भन्दै आवश्यक अनुगमनपछि ती सबै संरचना भत्काइने बताए ।

अनुमति नलिई र नक्शा पास नगरी कामपाभित्र यस्तो कुनै पनि भवन वा संरचना बनाउन नपाइने व्यवस्था  छ । स्थानीय सरकार सञ्चालन ऐनमा अनुमति विपरीत र नियम मिचेर बनाइएका भवन तथा संरचना कामपाले तत्काल भत्काउन सक्ने व्यवस्था छ । यदि अवैधानिक रुपमा भौतिक संरचना निर्माण भएको भए रु पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्थासमेत कानूनमा छ ।

तत्कालीन कामपा प्रमुख तथा प्रशासकीय अधिकृत रुद्रसिंह तामाङले त्यतिबेला आफूले टावर बनाउने कम्पनीलाई  बढीमा एक वर्षको समयका लागि मात्रै खुलामञ्च दिएको बताए ।

सार्वजनिक खुला क्षेत्रमा महानगरको सहमतिविना व्यापारिक प्रयोजनमा सटरहरू निर्माण गर्न नपाइने भन्दै तामाङले खुला मञ्चमा सार्वजनिक शौचालय, बस काउन्टर र एउटा शहरी सेवा केन्द्रबाहेक अन्य खोल्ने गरी आफूले अनुमति नदिएको जिकिर गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x