‘को बन्छ करोडपति’मा राजेशसँग कम्मर मर्काउँदै प्रियंका र आयुष्मान

बैशाख १३, २०७६

काठमाडौं- अभिनेता राजेश हमालले होस्ट गर्ने कार्यक्रम ‘को बन्छ करोडपति’ लाई दर्शकले अत्याधिक रुचाएका छन् ।

शनिवार, आइतवार र सोमवार यो कार्यक्रम प्रसारण हुँदै आएको छ । शनिवार कार्यक्रमको ३५ औं एपिसोड प्रसारण हुँदैछ । शनिबारको एपिसोडमा रियल जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अभिनेता राजेश हमालसँग 'को बन्छ करोडपति’ खेल्नेछन् ।


ADVERTISEMENT

सार्वजनिक प्रोमो हेर्दा शनिबारको एपिसोड विशेष हुने अनुमान गर्न सकिन्छ । यो जोडीले अभिनेता हमालसँग ‘को बन्छ करोडपति’खेलेका मात्र छैनन्, चलचित्र ‘छक्का पञ्जा’को ‘पूर्व पश्चिम रेल’बोलको गीतमा राजेशसँग कम्मर पनि मर्काएका छन् ।

हेर्नुहोस् प्रोमोः

बैशाख १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार