×

NMB BANK
NIC ASIA

नेकपामा पोलिटब्यूरो गठनको गृहकार्य : प्रदेशका चार सचिव सूचीमा नपरेपछि तनाव !

बैशाख १५, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं -जिल्ला कमिटी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पोलिटब्यूरो गठन गर्ने मुद्दाले तीव्र रूपमा बहसको स्थान पाएको छ । प्रदेश कमिटीका सबै पदाधिकारीहरू पोलिटब्यूरोमा ल्याउने तयारी भएपनि केही सचिवहरूको नाम सूचीमा अट्न नसक्ने देखिएपछि पोलिटब्यूरो गठनमा पनि तीव्र विवाद हुने देखिएको हो ।

Muktinath Bank

स्रोतका अनुसार पूर्वएमालेबाट ८१ र माओवादीबाट ६६ जना सदस्य राखेर १४७ सदस्यीय पोलिटब्यूरो गठन गर्ने तयारी छ । सूची पनि तयार भइसकेको छ, तर प्रदेशका केही पदाधिकारी वरिष्ठताको आधारमा मापदण्डमा नपर्ने देखिएका छन् । सात प्रदेशका २८ पदाधिकारीमध्ये ४ जना पोलिटब्यूरो गठनको मापदण्डमा परेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन एमालेमा पोलिटब्यूरो सदस्यको संख्या ५० र वैकल्पिक पोलिटब्यूरो सदस्य संख्या १५ थियो । ८१ जना तत्कालीन एमालेबाट पोलिटब्यूरो बन्ने भएपछि ६५ जना स्वतः पर्ने हुनाले थप १६ जना आवश्यक पर्छ । यी मध्ये वरिष्ठताका आधारमा छान्नुपर्नेछ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै समूहबाट साविक पोलिटब्यूरोमा रहेका बाहेक वारिष्ठता र योगदान हेरेर चयन गर्ने मापदण्डमा सहमति जुटिसकेको बताए ।


Advertisment
Nabil box
Kumari

पूर्व माओवादीमा तत्कालीन पार्टी सचिवालयमा ९९ जना सदस्य थिए । पोलिटब्यूरोका लागि तिनैमध्येबाट सदस्य छनोट गर्नुपर्ने हुन्छ । १९ जना स्थायी कमिटीमा परिसकेकाले पोलिटब्यूरोका लागि अब चाहिने थप ४७ जनाको नामावली तयार गर्दा धेरै जनाले असन्तुष्टि जनाउने सम्भावना रहेको छ । पोलिटब्यूरो गठनका लागि तयार पारिएको सूची अहिलेसम्म बाहिरिएको छैन ।

Vianet communication
Laxmi Bank

पोलिटब्यूरोको सूचीमा प्रदेश नम्बर २ का सचिव सुमन प्याकुरेल, प्रदेश नम्बर ३ का सचिव आनन्दप्रसाद पोखरेल, प्रदेश नम्बर ५ का सचिव गोविन्द नेपाली र सुदूरपश्चिमका सचिव नेपप्रसाद चौधरी नरहेको समाचार आएपछि प्रदेश सचिवहरू असन्तुष्ट देखिन्छन् ।

नम्बर ३ का सचिव आनन्द पोखरेलले आफूले आधिकारिक जानकारी नपाएसम्म केही नबोल्ने बताए ।

आइतवार बिहान लोकान्तरसँग कुरा गर्दै पोखरेलले भने, 'मैले पनि यो कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । आधिकारिक रूपमा कहीँ कतैबाट आएको छैन । तर ३० सालदेखिको राजनीतिमा मैले धेरै योगदान गरेको छु । पूर्वमन्त्री पनि भएको मान्छे हुँ । आशा गर्छु, नेतृत्वले पोलिटब्यूरोको सूची तयार गर्दा पार्टीका लागि गरेको योगदान, वरिष्ठता र अन्य कुराहरूमा पनि ध्यान देओस् ।'

तर पूर्वमाओवादी समूहबाट प्रदेश सचिव बनेका जगप्रसाद शर्मा, सुरेश राई र मायाप्रसाद शर्मा पोलिटब्यूरो सदस्य बन्ने सूचीमा रहेका छन् । त्यही कारणले पनि पूर्व एमाले समूहबाट प्रदेश सचिव बनेका प्रदेश २, ३, ५ र सुदूरपश्चिमका प्रदेश सचिवलाई समेट्नुपर्ने दबाबमा पार्टी नेतृत्व देखिन्छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल चीनबाट फर्केपछि सचिवालय बैठक बसेर पोलिटब्यूरो टुंगो लगाइने एक सचिवालय सदस्यले बताए ।

'माधव कमरेड चीनबाट फर्केलगत्तै पोलिटब्यूरो गठनको प्रक्रिया शुरू हुनेछ,' उनले भने, 'सम्भवतः सोमवार या मंगलवारसम्म सचिवालयको बैठक बस्नेछ । सबैलाई न्याय हुने गरी वरिष्ठताका आधारमा पोलिटब्यूरो चयन गर्न हामी सबै सहमत छौं । एकाध असन्तुष्टि देखिन सक्छन्, तर ढिलो भइरहेको पार्टीको एकताप्रक्रियालाई छिटो टुंग्याउनु पनि हाम्रो प्रमुख दायित्व हो ।'

प्रदेशका सचिवहरू पोलिटब्यूरोको सूचीमा नपरेको बारे उनले केही बताउन चाहेनन् । आधिकारिक रूपमा पार्टीले निर्णय नगरेको विषयमा केही बोल्न नमिल्ने उनको प्रतिक्रिया छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x