रंगशाला निर्माणका लागि दुबईमा उठ्यो २२ लाख

बैशाख १७, २०७६

काठमाडौं- धुर्मुस–सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० सहयोग संकलन भएको छ । गत २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस–सुन्तली साँझ २०७६’ बाट उक्त रकम संकलन भएको हो ।

चितवन समाज दुबईको संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको ‘धुर्मुस–सुन्तली साँझ’ कार्यक्रमबाट २० लाख र आबुधावीमा रहेका गायक प्रकाश पौडेलले राखेको भेटघाट, डिनर कार्यक्रमबाट २ लाख सहयोग संकलन भएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले दुबईबाट राम्रो सहयोग संकलन भएको जानकारी दिएका छन् । ‘कार्यक्रमबाट २० लाख र गायक  प्रकाश पौडेल दाईले राख्नु भएको छोटो भेटघाट कार्यक्रममा २ लाख गरी कुल २२ लाख रुपैँया सहयोग प्राप्त भएकोमा निकै हर्षित छौं–’ धुर्मुसले भने ।


ADVERTISEMENT

कार्यक्रममा धुर्मुस–सुन्तलीले हाँस्य प्रस्तुती दिएका थिए भने चर्चित गायिका मेलिना राई, गायक पुष्पन प्रधान लगायतका कलाकारहरुले समेत प्रस्तुती दिएका थिए । कार्यक्रम सकेर धुर्मुस–सुन्तली स्वदेश फर्किसकेका छन् ।

बैशाख १७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस