×

NMB BANK
NIC ASIA

होसियार! अस्पताल आसपासमा मदिरा तथा सुर्तीजन्य पदार्थ सेवन गर्दैहुनुहुन्छ ? पक्राउ परिएला

बैशाख १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – काठमाडौं उपत्यकाका सरकारी अस्पताल क्षेत्रमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थ सेवन तथा बिक्री वितरणमा कडाइ गरिने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत काठमाडौंका वीर अस्पताल, टिचिङ अस्पताल, गंगालाल अस्पताल, कान्ति बाल अस्पताल, कीर्तिपुर अस्पताल, महिला तथा प्रसुती गृह थापाथली लगायत १० अस्पताल आसपासमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थहरू किनबेच तथा सेवन गर्न कडाइका साथ निषेध गर्न लागिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने व्यवस्था त यसअघिबाटै गरिएको हो, तर त्यसमा पूर्ण सफलता हात पार्न कठिन भइरहेका बेला प्रहरीले अस्पताल आसपासबाट त्यसलाई कडाइका साथ कार्यान्वयनमा लैजान लागेको एसएसपी लामाले बताए ।


Advertisment
Nabil box
Kumari

पहिलो चरणमा जनचेतनामूलक होडिङबोर्ड राख्ने र दोस्रो चरणमा माइकिङद्वारा जनाकारी गराउने प्रहरीको तयारी छ । अस्पताल वरपरका पसलहरूलाई सुर्तीजन्य पदार्थहरू नराख्न र मध्यपान तथा सुर्तीजन्य पदार्थहरू सेवन नगर्न आग्रह गर्ने कार्यक्रम पनि रहेको प्रहरीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

त्यसपछि पनि सेवन गरेको पाइएमा ‘सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली, २०६८’ बमोजिम कारवाही गर्ने एसएपी लामाले बताए ।

यो कार्यक्रम स्थानीयसँगको सहकार्यमा प्रहरीले सञ्चालन गर्नेछ ।

प्रहरीको घरदैलो कार्यक्रम

प्रहरीले काठमाडौं उपत्यकामा घरदैलो कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

उपत्यकाका १४ वटा प्रहरी वृत्तमार्फत् ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ नारा सहित समुदाय–साझेदारी कार्यक्रमअन्तर्गत घरदैलो कार्यक्रम गर्दै आएको हो ।

यस कार्यक्रम अन्तर्गत काठमाडौंका घरधनीकोमा आकस्मिक नम्बर, महानगरीय प्रहरी परिसरका प्रमुख र आ–आफ्नो क्षेत्रको प्रहरीको नम्बर सहितको प्लेकार्ड टाँसिरहेको छ ।

यसले घरवरपर भएका घटनामा छिटोभन्दा छिटो प्रहरीलाई जनाकारी आउने र अपराध नियन्त्रणमा सहयोग पुग्ने एसएसपी लामाले बताए ।

वैशाख १६ गतेसम्म २६ हजार ४ सय ३० घरमा प्रहरीको उपस्थिति भइसकेको छ । काठमाडौं लगभग ५ लाखदेखि ६ लाख घर रहेको भन्दै प्रहरीले अरू घरमा पनि घरदैलो कार्यक्रम जारी रहेको जनाएको छ ।

स्थानीय तहको सहकार्यमा प्रहरीले घरदैलो सँगसँगै घरबेटीको विवरण पनि लिइरहेको छ ।

घरबेटीले आफ्नो नाम, परिवार संख्या, घरभाडामा बस्ने भाडावालको विवरण पनि संकलन गरिहेको लामाले बताए । तर घरबेटीको विवरण गोप्य रहने प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x