मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणमा औपचारिक रूपमै ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) मा नेपाल संलग्न भएको छ ।
बेइजिङमा सम्पन्न बीआरआईको दोस्रो गोलमेच सम्मेलनले जारी गरेको प्रतिवद्धता पत्रमा नेपालले गरेको प्रस्ताव पनि समेटिएको छ ।
चीनको बेल्ट एण्ड रोडको मुख्य अवधारणामा सन् २०४९ सम्ममा यो आयोजना पूरा गर्ने उल्लेख छ । बेल्ट एण्ड रोडको अवधारणा २०१३ बाट शुरू भएर २०४९ सम्ममा पूरा गर्ने लक्ष्य रहेको राजनीतिक विश्लेषक हरि रोका बताउँछन् ।
२०४९ मा चिनियाँ कम्युनिस्ट पार्टीले चीनमा शासन गरेको सय वर्ष पुग्छ । १९४९ मा चिनियाँ क्रान्ति सम्पन्न भएको थियो । उनीहरूले २०२१ सम्ममा सबै योजना तयार गरिसक्छन् र निर्माण सम्पन्न गर्ने चाहिँ २०४९ मा हो । रोकासँग गरिएको कुराकानीमा आधारित विश्लेषणको अंश :-
२०१३ देखि २०१९ का बीचमा बेल्ट एण्ड रोडका विषयमा सयौं किताब लेखिइसकेको छ । अबको २ वर्षमा उनीहरूले आयोजनामा समेट्न सकिने सबै पूर्वाधारहरूको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसक्नुपर्ने छ । हामी चीनको एकदम नजिक भएको र बीआरआईमा भारतीयहरू जोडिन नचाहेका कारणले हामीले चीनको अवधारणाभित्र रहेर आफ्नो फाइदाका लागि केही गर्न सक्ने नजिकको सम्भावना देखिएको हो ।
खाँचो दीर्घकालीन सोचको
नेपालले बीआरआईमा सामेल भइसकेपछि चुच्चे रेल कहिले आउला भन्दै दिन गनेर हुँदैन । पहिलो कुरा त हामीले दीर्घकालीन सोच बनाउनुपर्यो । बीआरआईको अवधारणामा मध्य एसिया, उत्तरी युरोप र दक्षिण पूर्वी एसियामा भएका मुलुकहरूलाई एकअर्कासँग जोड्ने कुरा उल्लेख छ । हामी जोडिएपछि ती देशसँग स्वतः नेपालको व्यापारिक र अन्य सम्बन्ध कायम हुन्छ ।
यतिबेला हाम्रा आफ्नै कतिवटा नाका सम्बन्धित हुन्छन् र त्यहाँका आवश्यक पूर्वाधार के–के हुन सक्छन् ? भन्नेबारे नेपालले पहिलो गृहकार्य गर्नुपर्ने देखिएको छ ।
दोस्रो कुरा खराब ऋणमा नेपाल पर्छ कि भन्ने आशंका पनि व्याप्त भइरहेको छ । रोड एण्ड बेल्टलाई कसरी बुझ्ने भन्नेबारे हामी भ्रममा छौं । पहिलो कुरा त जहाँ हामी विभिन्न माध्यमबाट जोडिएका छौं, ती ठाउँ बेल्ट हुन् भने जोडिने माध्यम भनेको रोड हो । जोडिने माध्यम रोड, रेल, हवाईमार्गजस्ता विभिन्न माध्यमहरू हुन सक्छन् ।
रोड जोडिएको बेल्टले आफ्नै उत्पादनले लगानी तिर्न सकोस् भन्ने बीआरआईको अवधारणा हो । जोडिनमा हामीले जति लगानी गर्छौं, त्यति उत्पादन जोडिएको ठाउँले गर्नैपर्छ अन्यथा किन जोडिने ? बीआरआईमा जोडिएपछि दीर्घकालीन सोचका रूपमा हामीले के उत्पादन गर्ने भन्नेमा अहिल्यै अध्ययन, अनुसन्धान र खोज गर्न जरुरी छ ।
चीनको राष्ट्रपतिले खराब ऋणका बारेमा पटक पटक बोलिरहेका छन् । ऋणको मात्र कुरा होइन, यो चाहिँ जहाँ जहाँ ‘कनेक्टिभिटी’ पुग्ने हो, त्यो ठाउँमा केही उत्पादन होस् र भएको उत्पादन अन्तर्राष्ट्रिय बजारमा जाओस् भन्ने सोच रहेको स्वयं चीनकै राष्ट्रपतिले पटक पटक बताउँदै आइरहेका छन् ।
हामीले कस्तो ठाउँको बाटोमा लगानी गर्छौं ? स्पष्ट छ, जहाँ उत्पादन छ, त्यहाँ उत्पादित सामानहरू अन्त लैजान सकिने अवस्थामा मात्र बाटो बनाउन चाहन्छौं । यस सम्बन्धमा हाम्रो एउटा खराब अनुभव छ ।
हामीले जिरीको बाटो बनायौं तर त्यहाँबाट काठमाडौंमा के आउँछ भन्ने कुरा हामीले सोचेनौं । जिरीको बाटो भएर काठमाडौंमा के भित्र्याउने हो भन्ने नसोचिकन काम गर्यौं र त्यसमा पैसा मात्र खेर गयो । त्यो बाटोले सोलुखुम्बु, ओखलढुंगा र यता आएर दोलखा, सिन्धुपाल्चोकसम्म जोड्छ तर त्यहाँका उत्पादन अन्य ठाउँमा जान सकेका छैनन् । रोड वा बेल्ट तयार गर्दाखेरी त्यो बेल्टको उत्पादकत्व पनि बढाउनुपर्यो ।
बीआरआईमा हाम्रो संलग्नतालाई लिएर जति उत्साहित भएका छौं, त्यही रूपमा हाम्रो बेल्टमा के उत्पादन हुन सक्छ ? कति हुन सक्छ र त्यसलाई कसरी अन्तर्राष्ट्रिय मार्केटमा लैजान सकिन्छ भन्ने विषयमा सोचिरहेका छैनौं ।
पर्यावरणीय प्रभावको अध्ययन
चीनसँग जोडिनका लागि हामीले ठूलो पूर्वाधार निर्माणको काम गर्नुपर्ने हुन्छ । त्यो पूर्वाधार निर्माणले वातावरणीय असर के पर्छ भन्नेमा सरोकारवाला सचेत भएको देखिएको छैन । हामी कहाँ के कस्तो वातावरणीय प्रभाव पर्न सक्छ भन्नेमा हामीले आफ्नो ढंगबाट गृहकार्य गर्नुपर्छ । चीनबाट रेल वा बाटो आउँदा हाम्रो हिमाली क्षेत्रको पर्यावरणमा पर्न सक्ने असरबारे विस्तृत अध्ययन हुनुपर्छ । यत्तिकै चुच्चे रेल सम्झेर बसेर हुँदैन ।
वातावरणीय प्रभावसँगै पर्यटकीय सम्भावनाका कुराहरू पनि त्यत्तिकै मात्रामा आउँछन् । पूर्वाधार निर्माणका क्रममा पर्ने वातावरणीय प्रभावले पर्यटकीय सम्भावनालाई कत्तिको असर पर्छ भन्नेमा हामी सचेत हुनुपर्छ र त्यसका लागि पूर्वतयारी आवश्यक पर्छ । नकारात्मक प्रभावको निराकरण कसरी गर्ने भन्ने कुरा उत्तिकै महत्त्वपूर्ण छ । कार्बन उत्सर्जनका कुराहरू छन् । तिनलाई न्यूनीकरण गर्ने प्रयासबारे अहिल्यै अध्ययन गर्नुपर्छ ।
चीनसँग जोडिनु भनेको भारतसँग थप जोडिनु हो
अर्को कुरा पनि छ – चीनसँग जोडिनु भनेको भारतसँगको व्यापारिक सम्बन्ध कम गर्नु भन्ने अर्थमा बुझ्नु हुँदैन । भारतको पश्चिम बंगालदेखि लिएर उत्तराखण्डसम्मको सीमा नेपालसँग जोडिएको छ । भारतको यो बेल्टमा आधाआधी जनसंख्या बसेका छन् । बीआरआईमा हामी जोडिनुपर्छ भन्नुको अर्थ हामी भारतको आधा जनसंख्यासँग पनि थप जोडिनुपर्छ भन्ने अर्थमा बुझ्नुपर्छ ।
नेपाल ट्रान्जिट हब बन्न सक्छ । भारतको बिहार, उत्तराखण्ड जस्ता क्षेत्रमा अझै पनि सामुद्रिक पहुँच टाढा छ । उनीहरूले नेपालमार्फत चीनसँग व्यापार व्यापार गर्न सक्ने स्थितिमा नेपालले मन सानो बनाउनु हुँदैन ।
रेल अहिल्यै आउँदैन
अहिले चर्चामा रहेको सिगात्सेदेखि रसुवागढीसम्म आइपुग्ने रेलको दूरी लगभग ५ सय किलोमिटर छ । पहिले त उनीहरूले त्यसको डिटेल प्रोजेक्ट रिपोर्ट उनीहरूले तयार गरेकै छैनन् । यदि २०२५ सम्म उनीहरू त्यहाँ आइपुगे भनेपनि हामीलाई यता जोड्न थप ५ वर्षभन्दा बढी लाग्न सक्छ ।
तर त्यसो गर्नुभन्दा पहिला हामीकहाँ यो साइडबाट काठमाडौंदेखि रसुवागढीसम्म पुग्ने हामी आफैले पनि निर्माण गर्न सक्ने केही कुराहरू छन् कि ? चीनको मात्र मुख ताकेर बस्दा हामीलाई ढिलो त अवश्यै हुन्छ ।
रेलकै लीग बिछ्याउन गाह्रो होला हामीलाई । तर डिटेल प्रोजेक्ट रिपोर्ट तयार गरिसकेपछि त केही काम घट्ला नि ! अर्काको मुख ताक्ने नेपालीको बानी छ । हामी आफैं पनि काम गर्न अघि सर्नुपर्छ । तत्कालका लागि हामीसँग समुद्रसम्म पुग्ने विकल्प चाहिँ प्राप्त भएको छ । बेल्ट एण्ड रोडमा व्यावहारिक रूपमा जोडिनुभन्दा अगाडि चिनियाँले नेपाललाई आफ्ना बन्दरगाह प्रयोग गर्न दिने निर्णय गर्नु नेपालीका लागि सुखद हो ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...