×

NMB BANK
NIC ASIA

बर्डफ्लुको हल्लाले बिक्न छाड्यो कुखुराको मासु, मूल्यमा अस्वभाविक गिरावट

बैशाख १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन–नारायण अधिकारी कुखुराजन्य पदार्थको उत्पादन बढेपछि मूल्यमा अस्वभाविक गिरावट आएको छ । दानाको कच्चा पदार्थ र औषधिको मूल्यमा वृद्धि हुँदा कृषक विस्थापित हुने अवस्थामा पुगेका छन् ।

Muktinath Bank

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न कृषक बाध्य भएका छन् । उहाँका अनुसार हाल अण्डाको लागत मूल्य प्रतिगोटा रु १० रहेको छ तर कृषकले फार्मबाट सरदर रु छ मा बिक्री गर्न बाध्य भएका छन् । कँडेलले उत्पादन वृद्धि भएपछि बजार मूल्य पाउन नसकिएको बताउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक वर्ष अघिसम्म एक सातामा एक लाख ५० हजार लेयर्स चल्ला बिक्री हुँदै आएकामा पछिल्लो समय तीन लाख चल्ला बिक्री भइरहेका छन् । त्यससँगै गत महीना काठमाडौँ, हेटौँडा र कास्कीमा बर्डफ्लु देखिएपछि खपत कम हुँदा मूल्यमा गिरावट आएको हो । हाल दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएका छन् । गत वर्ष यो सङ्ख्या ३२ लाख रहेको थियो ।


Advertisment
Nabil box
Kumari

सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले लागत मूल्य बढ्नु तर उत्पादन बढी भएका कारण र बर्डफ्लुका कारण खपत नहुँदा बजार अस्तव्यस्त भएको बताउनुभयो । खपत बढाउनका लागि सङ्घ लागिरहेको भए पनि सार्थक हुन नसकेको उहाँको भनाइ छ । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार लेयर्स चल्ला बढी उत्पादन भएका कारण अण्डाको मूल्य कम भएको हो ।

Vianet communication
Laxmi Bank

नेपालको बजारमा सातामा एक लाख ५० हजार हाराहारी चल्ला बिक्री हुँदा बजार सन्तुलन हुने भए पनि हाल चल्ला बढेका कारण उत्पादन बढी भई खपत हुन नसकेको उहाँले बताउनुभयो । यसको प्रभाव अन्य क्षेत्रमा पनि देखिएको उहाँले बताउनुभयो । हाल लेयर्स चल्लाको लागत मूल्य रु १०० हुँदै गर्दा बिक्री मूल्य रु ५० मात्रै रहेको छ । त्यसैगरी ब्रोइलर चल्लाको लागत मूल्य रु ५५ भए पनि रु २५ मा बिक्री गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

नेपालमा लेयर्स ह्याचरी १४ वटा छन् भने ब्रोइलर ह्याचरी २२१ पुगेका छन् । हरेक साता २५ लाख हाराहारी ब्रोइलर चल्ला उत्पादन हुने गर्दछन् । पोखरेलका अनुसार दाना उद्योगसमेत समस्यामा रहेका छन् । गत वर्ष प्रतिकेजी रु २५ मा खरीद गरेको भटमासको मूल्य यस वर्ष रु ४५ पुगेको छ भने ढुटो रु २५ बाट रु ३५ पुगेको छ । कच्चा पदार्थको मूल्य बढेसँगै दानाको मूल्य पनि बढेको छ ।

ब्रोइलर कुखुराका लागि दाना रु ५६ देखि रु ६२ सम्म प्रतिकेजी पर्दछ भने लेयर्स कुखुराका लागि रु ५० देखि ५८ पर्ने गरेको उहाँले बताउनुभयो । मासुका लागि पालिएका कुखुरा फार्मबाट रु १८० प्रतिकेजी उठ्ने गरेको छ । ब्रोइलर कुखुरापालक कृषकबाहेक अन्य किसान मारमा परेका छन् । पोल्ट्री महासङ्घ नेपालका अध्यक्ष गुणचन्द्र विष्टले सरकारले यस व्यवसायलाई प्राथमिकतामा नराख्दा समस्या उत्पन्न भएको बताउनुभयो ।

काठमाडौँमा बर्डफ्लु देखिँदा उपभोक्तालाई भ्रम पर्ने गरी सरकारले सन्देश प्रवाह गरेका कारण उपभोग घटेको उहाँले बताउनुभयो । देशमा आत्मनिर्भर रहेको यस व्यवसायमा एक खर्बभन्दा बढी लगानी पुगेको व्यवसायीको भनाइ छ ।

सात हजारभन्दा बढी कृषकले लेयर्स कुखुरा पाल्दै आएका छन् । यस क्षेत्रमा हजारौँले रोजगारी पाएका छन् । बैंकिङ क्षेत्रको लगानी यकिन नभए पनि कूल लगानीको आधाभन्दा बढी रहेको अनुमान गरिएको छ । नारायण अधिकारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x