×

NMB BANK
NIC ASIA

काठमाडौं –चीनको साताव्यापी राजकीय भ्रमण सम्पन्न गरेर राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार दिउँसो नेपाल फर्किइन् । उनी ल्याण्ड हुने बेलामा आकाश खाली गराइयो । जसै जमिन टेकिन्, उनलाई राष्ट्रपति निवाससम्म लैजान बाटो खाली गरियो ।

Sagarmatha Cement
Muktinath Bank

कुनै सुरक्षा थ्रेट नभए पनि राष्ट्रपतिको सवारीमा आकाश जमिन खाली गराउने प्रथाले जनताले भने नराम्रोसँग दु:ख पाइरहेका छन् । ल्हासाबाट नेपाल आउँदा राष्ट्रपतिकै अवतरणका लागि भनेर दुईवटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट गराइयो । यसबाट पुग्ने व्यवसायिक क्षति लाखौंमा हुने गर्दछ भने यात्रुहरूलाई अनावश्यक दु:ख र झन्झट हुने गर्दछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिको जहाजभन्दा पहिले नै चीनको चेङ्दुबाट आएको एयर चाइनाको जहाजले काठमाडौंको आकाशमा तीन फन्को लगाउँदा पनि अवतरणको पालो पाएन । यस्तै कतारको दोहाबाट आएको हिमालयन एयरलाइन्स वीरगञ्ज र हेटौंडाको आकाशमा चार फन्को लगाउँदा पनि पालो नपाएपछि भारततिर सोझियो । 


Advertisment
Nabil box
Kumari

निर्धारित समयमा काठमाडौं अवतरण गर्नुपर्ने जहाज डाइभर्ट भएर बनारस या कलकत्ता पुग्दा जहाजमा यात्रा गरिरहेका यात्रुहरूलाई कति झन्झट होला ? कतिबेला ल्याण्ड होला भनेर विमानस्थलमा कुरिरहेका आफन्तसँग गणतन्त्रलाई गाली गर्नुको विकल्प होला कि नहोला ? 

Vianet communication
Laxmi Bank

भीभीआईपीको उडान र अवतरणमा विमानस्थलले सधैं नोटाम (नोटिस टु एयरम्यान) जारी गर्ने गर्छ । नोटाम भनेको भीभीआईपी बाहेक अन्य जहाजलाई उडान र अवतरणको अनुमति नदिनु हो । राष्ट्रपति जाँदा ४० मिनेट आकाश खाली गराइएको थियो भने आउँदा पनि आकाश खाली गराइयो । यसले तत्कालका लागि २/४ वटा हवाईजहाजलाई मात्र प्रभाव परेको देखिए पनि दर्जनौं अन्य उडानहरू 'डिले' हुने गरेका छन् । 

व्यवसायिक रूपमा ठूलो घाटा !

डाइभर्ट गरेर भारत वा चीन लैजानुपर्‍यो भने एयरलाइन्सलाई व्यापारिक घाटा धेरै पर्छ । यदि कुनै एयरलाइन्सको जहाज डाइभर्ट गरेर अर्को देशको एयरपोर्टमा लगेर अवतरण गरियो भने त्यहाँको एयरपोर्टलाई 'अवतरण र पार्किङ शुल्क' तिर्नुपर्ने हुन्छ । अनि डाइभर्ट गरेर लैजाँदा र पुनः फिर्ता ल्याउँदा अतिरिक्त इन्धन खपत हुन्छ । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नभएका कारण जहाज डाइभर्ट गरेर भारत नै लैजानुपर्ने बाध्यता छ । 

व्यवसायिक घाटा मात्र होइन, समय निर्धारण गरेर उड्ने यात्रुका लागि अतिरिक्त उडान झन् कष्टकर हुन्छ । वैदेशिक रोजगारीबाट फर्केकाहरू आफ्नो देशमा अवतरण गर्न नसकेर अर्कै देशमा पुग्नु पर्दा हुने पीडा वर्णन नै गर्न नसकिने खालको हुन्छ । यति मात्र होइन विमानस्थलमा कुरिरहेका यात्रुका आफन्तहरू निर्धारित समयमा जहाज नै नआउँदा कस्तो पीडा अनुभव गर्लान् ? 

सामाजिक सञ्जालमा व्यापक आलोचना 

राष्ट्रपतिका लागि आकाश मात्र खाली गरिँदैन, जमिनमा पनि त्यस्तै नियति छ । लामो संघर्षपश्चात प्राप्त भएको गणतन्त्रको प्रतिक मानिने राष्ट्रपति जस्तो व्यक्ति यता उता हिँड्दा/डुल्दा जनतालाई नै सकस हुने भएपछि जनताले गणतन्त्रको गुणगान गाउने कुरै भएन । कमसेकम राष्ट्रपतिको सवारीका कारण बाटोमा एक घण्टाभन्दा बढी जाममा परेका आम जनताले राष्ट्रपतिलाई के भन्लान् ?

यसअघि महाशिवरात्रि तथा सेना दिवसका उपलक्ष्यमा सैनिक मुख्यालय जङ्गी अड्डामा रात्रिभोज आयोजना भयो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्चपदस्त व्यक्तिहरू सहभागी थिए ।

राष्ट्रपतिकै सवारीका कारण ४० मिनेटसम्म पनि बाटो नखुलेपछि मोटरसाइकलमा सवार सर्वसाधारणले ट्राफिक नियम उल्‍लंघन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । भिडियोमा सर्वसाधारणले ‘बाटो राष्ट्रपतिभन्दा जनताको धेरै हो,' भन्ने संकेत स्वरूप हर्न बजाउँदै सवारी साधन अघि बढाएका थिए । 

राष्ट्रपतिको सवारी व्यवस्थित गराउन नसक्दा राष्ट्रपति सचिवालय, सुरक्षा निकायका अधिकारी र ट्राफिक प्रहरी आलोचनाको केन्द्रमा पर्ने गरेका छन् । सँगै सरकार र व्यवस्थालाई सराप्नेहरू पनि छन् । 

पूर्वराष्ट्रपति रामवरण यादवले आफ्नो सवारीका क्रममा जनतालाई दु:ख नपरोस्, भनेको प्रसंग सञ्चार माध्यममा आएको थियो  । यद्यपि अवस्थामा परिवर्तन आएन, जुन अहिलेसम्म पनि जारी छ ।

भीभीआईपीको सन्दर्भमा सुरक्षा निकायले सुरक्षा संवेदनशीलताको मात्र अध्ययन गर्ने र त्यसैमा ध्यान केन्द्रित गर्ने प्रचलन छ । 'आम जनतालाई कत्तिको असर पर्छ भन्ने कोणबाट सुरक्षा निकायले काम गर्दैन,' एक पूर्व प्रहरी अधिकारीले भने, 'जनताले आफ्नो किसिमले बुझेका हुन्छन्, तर सुरक्षा नियकाले सुरक्षाको दृष्टिकोणबाट पनि हेर्नु पर्‍यो नि !'

जनतालाई सास्ती 

ट्राफिक प्रहरीका अनुसार काठमाडौंको व्यस्त सडकमा ५ मिनेटमात्र सवारी रोक्ने हो भने १ हजारभन्दा बढी सवारी जम्मा हुने गर्छन् । यस्तोमा आधा घण्टा या त्योभन्दा बढी समय सवारी रोकियो भने त्यसको असर दिनभरि नै रहन्छ ।

त्यसो त भीभीआईपी सवारी भइरहेका बखत कुनै ट्राफिक प्रहरीले सर्वसाधारणको गाडी या मोटरसाइकल रोक्न सकेन भने उसलाई हदैसम्मको कारवाही गर्ने गरिन्छ । प्रहरीले जागिरका लागि पनि सर्वसाधारणको समस्यालाई नजरअन्दाज गर्नुपर्ने बाध्यता छ । 

स्कूल समयमा स्कूलका गाडीहरू समयमा पुग्न पाउँदैनन् । यहाँसम्म कि भीभीआईपीको सवारीमा ट्राफिक प्रहरीले एम्बुलेन्ससम्म रोक्ने गरेका उदाहरण पनि छन् । यसअघि नेकपाका अध्यक्ष प्रचण्डको सवारी हुने समयमा मोटरसाइकल चलाएको आरोपमा अस्पतालमा बिरामी भेट्न हिँडेको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । 

गणतन्त्रमा पनि राजतन्त्रको झल्को !

राष्ट्रपति औपचारिक कार्यक्रममा जाँदा पनि राजतन्त्रमा जस्तै नागरिकले बाटो छोडिदिनुपर्ने यो कस्तो व्यवस्था हो भनेर सर्वसाधारणले प्रश्न गर्ने गरेका छन् । गणतन्त्र स्थापना भएपछि पनि राष्ट्रप्रमुख सार्वजनिक समारोहमा जाँदा सुरक्षाकर्मी र भड्किलो व्यवस्थासहित हिँडेको भन्दै बेलाबेलामा हुने गरेको आलोचना नौलो होइन । 

राष्ट्रपति भण्डारीको सवारी आवागमन तत्कालीन राजा/महाराजाहरूको शैलीमा भएको भन्दै आलोचना हुने गरेको छ । सवारी आवागमनमा सर्वसाधारणले सास्ती भोगेपिच्छे यस्तो आलोचना सुनिने गर्छ । गणतन्त्रमा पनि राजतन्त्रको झल्को दिने सवारी हुने गरेको भन्दै अघिल्ला राष्ट्रपति रामवरण यादवकै पालादेखि आलोचना भइरहे पनि विकल्प भने केही सोचिएको छैन । यसले गणतान्त्रिक व्यवस्थाकै खिल्ली उडाएको कतिपयको प्रतिक्रिया छ । 

आलोचना गर्नेलाई 'गणतन्त्रविरोधी ट्याग' !

राष्ट्रपतिको आलोचना गर्नेलाई प्रधानमन्त्री केपी ओलीले गणतन्त्र विरोधीको आक्षेप लगाइदिन्छन् । तर राष्ट्रपतिको आलोचना गर्दा गणतन्त्र कमजोर हुने होइन, झन बलियो हुन्छ ।

राष्ट्रतिको आलोचना गर्नेलाई गणतन्त्र विरोधीको बिल्ला भिराइयो भने विगतमा राजतन्त्रको विरोध गर्नेलाई ‘राजकाज मुद्दा’ लगाएको भन्दा के फरक भयो र ? जनतालाई सास्ती दिने कामको आलोचना गर्दा त्यसबाट पाठ सिक्नुको सट्टा ‘अरिंगाल’हरू जाइलाग्छन् ।

राष्ट्रपति अहिले कुनै दल विशेषको होइन भन्ने कुरा उनीहरूले हेक्का राख्दैनन् । यस्ता प्रवृत्तिले गणतन्त्रप्रति जनताको भरोसा घट्छ । यस्ता क्रियाकलापले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई नै नोक्सानी गर्छ ।

सुरक्षाकर्मीको घेराले गणतन्त्रको प्रतीकलाई त्यति बलियो बनाउँदैन, जति जनताको विश्वास जित्दा बलियो हुन्छ ।

वंशीय परम्पराको विरोध गरेर राजनीतिमा स्थापित भएकाहरू अहिले उनै राजा/महाराजाको सवारीलाई माथ गर्नेगरी सडकमा रवाफ देखाउनु सुहाउने कुरा होइन । आफ्नो सवारीका नाममा नागरिकलाई पर्न गएको असुविधाप्रति राष्ट्रपति स्वयंले यस्तो तडकभडक नदेखाउन निर्देशन दिनु जरुरी छ, यसले राष्ट्रपतिप्रति आम नागरिकको आस्था बढाउन मद्दत नै पुग्छ ।

शीतल निवासबाट नियुक्ति लिएर भत्ता खाइरहेका सल्लाहकारको डफ्फा आम नागरिकको प्रतिक्रियाबारे बेखबर छैन होला ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x