यी चीज जसले तपाईको भाग्य चम्काउन मद्दत गर्छन्

बैशाख १८, २०७६

धर्ममा आस्था राख्नेका लागि ईश्वर सर्वशक्तिमान हुन् । ग्रह–नक्षत्र तथा देवी–देवता सबै ईश्वरको अधिनमा हुन्छन् । ईश्वर पछि प्रकृति महत्वपूर्ण हुन्छ । 

जसप्रकार प्रकृतिले रोग, शोक या अन्य घटना, दुर्घटना सिर्जना गरेको हुन्छ, त्यस्तै प्रकारले त्यस्ता रोग, शोक या घटना दुर्घटनाबाट बच्ने उपाय पनि दिएको हुन्छ । 


ADVERTISEMENT

प्रकृतिमै ती सबै उपाय छन्, जसबाट तपाईले आफ्नो सकरात्मक उर्जा विकास गरेर भाग्यलाई जागृत गर्न सक्नुहुन्छ । 

भाग्यमा समय र स्थानको पनि धेरै महत्व हुन्छ । गलत स्थान रहनाले अथवा जानाले पनि दुर्भाग्य हुन आउँछ । त्यसोत भाग्यमा कर्म (काम)को पनि योगदान हुन्छ । गलत काम गरे भाग्य खुल्दैन । 

यो आलेखमा यस्तै विषय उल्लेख गरिएको छ, जसलाई अपनाएर तपाईले आफ्नो भाग्य जागृत गर्न सक्नुहुनेछ । 

घरलाई भाग्यवर्धक बनाउनुहोस् 


– वास्तु अनुसार घरको ढोका उत्तर, पश्चिम अथवा पूर्व दिशामा राख्नुहोस् । 
– घरलाई सधैं सफा–सुग्घर राख्नुहोस् ।
– घरभित्र कुनै पनि अनावश्यक बस्तु नराख्नुहोस् । 
– घरमा धेरै देवी तथा देवताका मूर्ति तथा चित्र राख्ने काम नगर्नुहोस् ।
– घरको ईशान कोण सधैं खाली राख्नुहोस् । या त्यो ठाउँलाई पानी (जल) राख्ने स्थान बनाउनुहोस् । 
– ढोकाको माथि भगवान गणेशको मूर्ति र दायाँ–बायाँ स्वस्तिक चिह्नसँगै शुभ–लाख लेखेर राख्नुहोस् । 
– विहान र साँझ घरमा मधुर सुगन्ध र संगीतबाट वातावरणलाई राम्रो बनाउनुहोस् । 
– राति सुत्नुभन्दा अगाडि घ्यूमा तारिएको कपुर जलाउने गर्नुहोस् । 
– घरको आसपास नकारात्मक ऊर्जा वाला बोटविरुवा, वृक्ष छन् भने सावधान रहनुहोस् । 
– घरमा सजिलै हावा छिर्ने व्यवस्था मिलाउनुहोस् ।
– घरका तीनवटा ढोका एकैतर्फ फर्किएको बनाउनु राम्रो हुँदैन । 

भाग्यवर्धक वस्तुको प्रयोग गर्नुहोस्


– रुद्राक्ष
– शंख
– घन्टी (घण्टा)
– स्वस्तिक चिह्न
– ऊँ को लकेट
– कलश
– गंगाजल
– डोरो (नाडीमा बाँध्ने धागो) 
– कमलको फूल, तुलसी, रुद्राक्ष आदि 


भाग्यवर्धक बोट–विरुवा 


– केरा
– तुलसी
– मनी प्लान्ट
– अनार
– पीपल–बर
– आँप
– जामफल
– कड़ी पत्ता
– चम्पा चमेली 

भाग्यवर्धक पशु–पंक्षी


– गाई–गोरु
– गौंथली (चरा)
– कुकुर
– घोड़ा
– भैसी
– हात्ती
– मयूर
– बाँदर
– गिलहरी
– कमिला
 

बैशाख १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस